स्वास्थ्य सुधारकालागि भन्दै अनसनरत डा केसी प्रति मन्त्री लचिलो प्रधानमन्त्री ओली कठोर

ZEN Travels

काठमामडौं ।

स्वास्थ्य सुधारकालागि भन्दै अनसनरत डा गोविन्द केसीको अनसन प्रति शिक्षा मन्त्री गिरिराजमणी पोखरेल लचिलो भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने कठोर बन्नु भएको छ ।
डा. गोविन्द केसीले जुम्लामा अनसन सुरु गरेपछि उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलको मत बाझिएको हो ।
मन्त्री पोखरेलले डा. केसीलाई तत्कालै हेलिकोप्टर पठाएर काठमाडौं वा चितवन ल्याएर उपचार गराउनु पर्नेमा जोड दिनु भएको छ भने प्रधानमन्त्री त्यसको विपक्षमा हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले डा. केसीको हाजिर कपी मगाएर सरकारी कर्मचारी कार्यालयमा उपस्थित भएरनभएको जाँच गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीको कठोरताका कारण डा केसीसँगको वार्ता प्रक्रिया अगाडी बढेको छैन ।
ओली र पोख्रेल बीच चिकित्सा शिक्षा विधेयकको मस्यौदाका केही व्यवस्थाका विषयमा पनि मतभेद रहेको छ ।
शिक्षा मन्त्री पोखरेलले आफूले धेरै ठूलो प्रयास गरेर विधेयकमा चिकित्सा शिक्षा आयोगको प्रावधान राखेको डा केसीसँग बताउनु भएको छ ।
उहाँले घुमउरो तरिकाले प्रधानमन्त्रीसँग केही विषयमा आफ्नो विमती रहेको र आफु चेपुवामा परेको केसीसँग बताउनु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला