काँग्रेस सांसदको टोली डा.केसीलाई समर्थन गर्न जुम्ला जादै

ZEN Travels

जुम्ला-

जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न र उहाँको मागप्रति ऐक्वबद्धता जनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक प्रतिनिधिमण्डल आज जुम्ला जाने भएको छ । काँग्रेस संसदीय दलको हिजोको बैठकको निर्णय अनुसार कांग्रेसका सांसदहरु सहितको टोली आज त्यस तर्फ जान लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा सांसद प्रकाश स्नेहीको नेतृत्वमा समानुपातिक सांसद रंगमती शाही र प्रदेश ६ का सांसद दिनबन्धु श्रेष्ठलाई डा. केसीको अवस्था बुझ्न जुम्ला पठाउने निर्णय गरेको हो ।टोलीले उहाँको माग पुरा गराउन र अनसनको अन्त्यका लागि सरकारलाई दवाव दिने र वार्ताको पहल पनि गर्ने काँग्रेसले जनाएको छ ।

वीर अस्पतालमा आमरण अनशनमा बसेकी अधिकारीको अवस्था बुझ्न अमरेशकुमार सिंहको नेतृत्वमा बनाइएको टोलीले भने हिजो नै उहाँलाई भेटेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला