प्रदेश ४ को नाम गण्डकी खारेज गर्न आदिवासी संघसंगठनको माग

ZEN Travels

पोखरा-

विभिन्न आदिवासी संघसंगठनले प्रदेश नं. ४ को नाम ‘तमुवान–मगरात’ नामकरण गर्न माग गरेका छन् ।

सात आदिवासी जनजाति संगठनले आज विज्ञप्ति जारी गरी प्रदेश नं. ४ को ऐतिहासिक सभ्यता, पहिचान र भावनालाई कदर गर्न ‘तमुवान–मगरात’ राख्नुपर्ने प्रदेश संसद् र सरकारसँग माग गरेको हो । सङ्गठनका अनुसार कूल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी आदिवासी जनजाति प्रदेश नंं ४ मा बसोबास गर्छन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष, रेशम गुरुङ, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पालगायतले आज विज्ञप्ति जारी गरी आदिवासी जनजाति आन्दोलनको समसामयिक प्रमुख माग भनेको पहिचान र अधिकार रहेको उल्लेख गदै प्रदेश नं. ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी तमुवान–मगरात’ राख्न माग गर्नुभएको हो ।
–––

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला