मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १५ मजदुरको मृत्यु

ZEN Travels

पोखरा ।

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरी हवल्दार परियारले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला