तत्काल माइतीघर मण्डलामा सरकारले लगाएको निषेधाज्ञा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ZEN Travels

काठमाडौं ।

माइतीघर मण्डलामा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले आज दिउँसो उक्त आदेश दिएको हो । सर्वोच्चले असार २९ गतेसम्मका लागि निषेधाज्ञाको आदेश कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

यहि असार २९ गते दुवै पक्षलाई छलफलका लागि सर्वोच्चमा उपस्थित हुन आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति ःवतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला