यातायात क्षेत्रको सिन्डिकोट खारेज प्रक्रिया अधुरो, उपभोक्ता मर्कामा

ZEN Travels

काठमाडौं ।

यातायात क्षेत्रमा भएको भनिएको सिन्डिकेट अन्त्य भएको दावी गरिएपनि सिन्डिकेट कायमै रहेको पाइएको छ । ने क पाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना महत्वपूर्ण काममध्येको एक मान्ने गरेको ‘सिन्डिकेटको अन्त्य’ हुन नसकेको पाइएको हो ।
सिन्डिकेट हटाउन सरकारले एक चरणमा निर्णय लिए पनि त्यसपछि व्यवसायीको कदम र मागलाई व्यवःिथत गर्न सरकारले कुनै रणनीति चालेको छैन ।

ट्राफिक प्रहरी, विभागका महानिर्देशक, पूर्वमहानिर्देशक, महासंघ अध्यक्ष, कानुन अधिकृत र मन्त्रालयका इन्जिनियर राखी वैशाख २४ मा कार्यदल गठन गरे पनि त्यस कार्यदलले हालसम्म कुनै पनि ठोस निर्णय निकाल्न सकेको छैन ।

मन्त्री रघुबीर महासेठ र सचिव मधुसुदन अधिकारीले कार्यदलमा यातायात क्षेत्रमा लामो समय काम गरेका इन्जिनियर र कर्मचारीलाई बेवास्ता गरेका कारण कार्यदल औपचारिकतामा मात्रै सीमित बनेको मन्त्रालय स्रोतले जानकारी दियो ।

हाल देशभरबाट यातायात संघ, समिति हटिनसकेको र यातायात कम्पनीहरु पनि पूर्ण रुपमा आइनसकेकाले विभाग र विभाग मातहतका यातायात व्यवस्था कार्यालयहरुलाई यातायात कम्पनीमा दर्ता भएका सवारी साधनलाई रुट इजाजत दिन असजिलो देखिएको छ ।

यातायात व्यवस्था विभागले गत चैत १८ मा नयाँ निर्देशिका जारी गर्दै यातायात संघ, समिति असार मसान्तबाट स्वतः खारेज हुने घोषणा गरेको थियो । त्यसको विरोधमा यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असन्तुष्टि जनाउँदै आएका छन् । व्यवसायीकै प्रभावमा परेर सरकार यस निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सक्रिय नभएको आरोप लागेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला