पर्वतः वडा नम्बर ५मा दिवासेवा भवन उद्घाटन एवंम जेष्ठनागरिक सम्मान ।

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका वडा नम्बर ५ मा जेष्ठनागरिक दिवासेवा भवनको उद्घाटन एवंम जेष्ठ नागरिकलाई शनिबार सम्मान गरिएको छ ।
वडा नम्बर ५ को आयोजना जेष्ठनागरिक दिवासेवा समिति र एकता युवा क्लवको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । ८० बर्ष भन्दा माथी उमेर समूहका २७ जना जेष्ठ नागरिकहरुलाई अतिथीहरुले प्रमाणपत्र,दोसल्ला र हर्लेक्स दिएको थियो ।
जेष्ठनागरिकहरुलाई सम्मान गर्दै प्रमूख अतिथी नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले जेष्ठ नागरिक सवैलाई सम्मानपूर्वक बाँच्न पाउँने वातावरणको सिर्जना गर्न आग्रह गरेका छन् । उनले जेष्ठ नागरिकलाई अपमान झुठो आस्वासन दिने काम राज्यस्तरबाट भएकोमा दुख ब्यक्त गरेका छन् । उनले भने,‘जेष्ठनागरिक आमाबुबाले आफ्नो शक्ति र क्षमताले सकने समयसम्म काम गरेमा शरिर स्वस्थ राख्न सकिने हुँदा शरिरको क्रिया नघटाउन सुझाए ।

जेष्ठनागरिक दिवासेवा समितिका अध्यक्ष लेखनाथ शर्माले नगरपालिका र वडा कार्यलयले दिवासेवा कार्यक्रमका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले समाजका ब्यक्तिको सहयोमा दिवासेवा भवन प्राप्त गरेको भन्दै आफ्नै भवन निमार्णका निम्ती सवैले जग्गा उपलव्ध गराईदिन पहल गरिदिन अनूरोध समेत गरेका छन् । दिवासेवा भवनमा जेष्ठ नागरिक दिउँसो त्यस भवनमा आराम गर्न सक्छन् भने,उनीहरुलाई दिवा चियाँ तातो चिसो पानीको व्यवस्था समेत गरिउको छ । दिवा समाज भवन पुनःनिमार्ण एपमं व्यवस्थापन गर्न वडाको पहलमा नगरपालिकाले १ लाख प्रदान गरेको थियो ।
वडाअध्यक्ष चित्रकला शर्माको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष ठाकुर वि पौडेल,बहुआयमीक देवी भगवति सत्तल निमार्ण समितिका अध्यक्ष गिर बहादुर भण्डारी,जेष्ठ नागरिक समाज पर्वतका उपाध्यक्ष एकनारायण चालिसे,स्थानीय युवा अच्युत तिवारी,गोकुल चापाँगाई लगायतले बोलेका थिए । सम्मान कार्यक्रममा जिल्लाका विभिन्न उच्च क्षेत्रमा रहेका ब्यक्तिहरुको उपस्थित थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला