लायन्स क्लप अफ पर्वत कुश्मा सिटी र पर्वत बृज सिटीको आयोजनामा बृक्षा रोपण ।

ZEN Travels

पर्वत ।
लायन्स क्लप अफ पर्वत कुश्मा सिटी र पर्वत बृज सिटीको आयोजनामा गुप्तेश्वर क्याम्पस परिसरमा बृक्षारोपण गरिएको छ । करिब २ सय फलफुल जातका बिरुवा जस्तै आँप,सुन्तला,कगती,पारिजात,कपूर,तेजपत्ता लगाएतका बिरुवा रोपिएको हो ।
बृक्षारोपण गर्दै कार्यक्रमका प्रमूख अतिथि रामचन्द्र जोशीले कार्यको प्रशंसा गर्दै यसको संरक्षण र रख्देखमा सवैले चासो दिुनुपर्ने बताए । उनले लोपउन्मूख जमातका बिरुवाको संरक्षण यस्तै गतिविधिवाट शुरु गर्न सकिने सुनाए ।

कार्यक्रमका बिशिष्ट अतिथी कुश्मा नगरपालिका ४ का वडाध्यक्ष मिना कर्माचार्य,लायन्स डिस्ट्रक ऐडभाईजर बसन्त कुमार कर्माचार्य,अतिथी जोन चियर पर्सन अजिता शर्मा,रिजन चियर पर्सन सरस्वती भण्डारी,बृजसिटीका प्रथम उपाध्यक्ष देविप्रसाद बिलासी,कुश्मा सिटीका प्रथम उपाध्यक्ष मञ्जु शिलाकार,डिष्ट्रक मेम्बर बिषम कुमार श्रेष्ठ,उषा चापागाँई लगायतले बोलेका थिए ।
लायन्स क्लप अफ पर्वत कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा जिज्ञासुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ,भने कार्यक्रमको सञ्चालन पर्वत बृज सिटीका अध्यक्ष बिमल शर्मा पौडेलले गर्नुभएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला