डा. केसीको पक्षमा उत्रिनेहरु बढे, प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई पनि दवाव

ZEN Travels

काठमाडौं-

अनसनरत डा गोविन्द केसीको माग पुरा गर्न र वार्ता प्रक्रिया अगाडी बढाउन दवाव दिदै नेपाल चिकित्सक संघले आज प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउने तयारी भएको संघका बरिष्ठ उपाध्यक्ष डा ढुण्डी पौडेलले जानकारी दिनुभयो ।  उहाँहरुसँग संघले विगतदेखि नै स्वामित्व ग्रहण गर्दै आएका चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित डा. के.सी.ले उठाएका जायज मागहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै उहाँको जीवनरक्षाको माग गर्ने भएको छ ।
ज्ञापन पत्र बुझाएको ७२ घण्टा सम्ममा सरकारबाट सम्बोधन नभएको खण्डमा विरोधका अन्य कार्यक्रमहरु सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।

संघले गत शुक्रबार देखि देशभरका चिकित्सकहरुलाई कालोपट्टी बाँधेर काम गर्न लगाएको छ भने डा. के.सी.को स्वास्थ्य स्थिति बुझ्न चिकित्सकको टोली अनसनस्थल जुम्ला पनि पठाएको छ । संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा गएको टोलीले अनसन स्थलमा अहिले जाँचबुझ गरिरहेको डा पौडेलले जानकारी दिनुभयो ।

डा केसी र विर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अनसन तोडाउने प्रयास गर्न चिकित्सक संघल बाहेक अन्य क्षेत्रबाट पनि सरकारमाथी दवाव अभियान चलाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला