तिवारीलाई प्रादेशिक शिक्षा लेखनबृत्ति ०७४ बाट सम्मान गरिने

ZEN Travels

पर्वत ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवम् नागरिक दैनिक पर्वतका संबाददाता छविलाल तिवारीलाई प्रादेशिक शिक्षा लेखनबृत्ति २०७४ बाट सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मुल्यांकन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा गण्डकी प्रदेशबाट तिवारीलाई सम्मान गर्न लागिएको हो ।
उक्त सम्मान यही असार २९ गते राजधानीमा आयोजित कार्यक्रममा प्रदान गरिने भएको छ । जनही नगद १५ हजार रुपैयाँसहित गण्डकी प्रदेशबाट तिवारीसहित लमजुङका शान्ता कमली सम्मान हँुदैछन् । तिवारी विगत १३ बर्षदेखि पत्रकारितामा संलग्न छन् । उनले शैक्षिक सुधार, स्वास्थ्य क्षेत्र, ग्रामिण विकासलाई प्राथमिकता दिएर पत्रकारिता गर्दै आएका छन् । त्यसैगरी २०७४ को राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार रुपन्देहीका पत्रकार कृष्ण मल्ललाई प्रदान गरिने भएको छ ।
प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट प्रदेश नम्बर १ बाट निरोज कोइराला प्रदेश नम्बर २ बाट कृष्ण सिग्देल, प्रदेश नम्बर ३ – चमारसिंह लामा, गण्डकी प्रदेशबाट पवन पौडेल, प्रदेश नम्बर ५ बाट पार्वती पाण्डे, कर्णाली प्रदेश– मेघराज खड्का, प्रदेश नम्बर ७ बाट गोकर्ण दयाल, उपत्यका प्रदेश– चन्द्र बानियाँलाई प्रदान गरिने भएको छ ।
‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्ने पत्रकारहरूमा प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी र नारायणभक्त राई, प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण र दीपेन्द्रप्रसाद सिंह, प्रदेश नम्बर ३ – मन्दिरा थापा र मनोज थापा, प्रदेश नम्बर ५–केशर रोका र तेजेन्द्र के.सी., कर्णाली प्रदेश – नरजन तामाङ र गणेश विक, प्रदेश नम्बर ७– गगन अएडी र जगदीश रोकाय, उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा, केशव भुल र रामु सापकोटा छन् ।
उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संःथागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्राप्त गर्ने एफएम रेडियोमा प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु, प्रदेश नम्बर २– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं), यसैगरी बैठकले राष्ट्रिय स्रका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ‘संस्थगत शिक्षा पत्रकारिता पुरस्कार –२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिने भएको छ । टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संःथागत शिक्षा पत्रकारिता पुरःकार एजुकेशन ज्यूज नेपाल डटकमलाई प्रदान गरिएको छ । सबै पुरस्कार यही असार २९ गते बितरण गरिने भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला