पर्यटकीय गन्तव्य स्थल बन्दै राईनासकोट, पर्यटन प्रवद्र्धनको लागी तालिम

ZEN Travels

माधब पराजुली,पोखरा ।
प्रसिद्ध पर्यटकीय स्थल लम्जुङको राईनास नगरपालिका स्थित राईनास होमस्टेका सञ्चालहरु लाई होमस्टे पर्यटन व्यवस्थापन तालिम प्रदान गरिएको छ । समुन्द्री सतह देखि करिब १७ सय मिटर उचाईमा रहेको मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटमा रहेको राईनास होमस्टेका सञ्चालकहरु लाई गाऊ पर्यटन प्रबद्धन मञ्च, नेपालको आयोजना र पर्यटन बोर्ड पोखराको सहकार्यमा २ दिने तालिम प्रदान गरिएको हो ।
भुकम्पले क्षेतिग्रस्त बनेको राईनासकोट वस्ती पुननिर्माण गरिए सँगै होमस्टेको रुपमा विकास भएको छ । भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटमा सबिधासम्पन्न होमस्टे सञ्चालनका लागि आबस्यक पर्ने १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको छ । भौतिक संरचना संगै होमस्टेमा पाहुनाहरुको बृद्धि हुन थालेपछि पाहुनाको ब्यबस्थापन, मनोबिज्ञान, होमस्टेमा आबस्यक पर्ने मौलिकता, संस्कार,संस्कृति लगाएतका बिषयमा तालिम लिईएको गाँऊ पर्यटन प्रबद्धन मञ्च, प्रदेश नं ४ का सस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।
तालिम समापन समारोहको अवसरमा प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले होमस्टे गाँउ पर्यटनको अभिन्न अगं भएको बताउनुभयो । प्रदेश सरकारले ३० करोड रकम होमस्टे पर्यटन पूर्वाधार विकासको लागी छुट्टाएको जानकारी गराउदै सन् २०२२ मा २५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सम्म पुग्न होमस्टेको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन संग्राहलयको व्यवस्थापन गर्दै गाँउमै उत्पादिन खाद्य वस्तुहरु होमस्टेमा आउने पर्यटकहरु लाई खुवाउन सकेमा मात्र यस ठाँउ पर्यटकको पहिलो गन्तव्य स्थल बन्न सक्ने धारणा राख्नुभयो । होमस्टमा आउने पर्यटकहरुको तथ्याङ राख्न मन्त्री लम्सालको सुझाव थीयो । गण्डकी प्रदेशको विकास र समृद्धीको लागी ग्रामिण पर्यटन पूर्वाधार लाई आफुले जोड दिएको उहाँले बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले राईनासको दिगो बिकासका लागि आफुले जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउदै राईनासकोट क्षेत्र विकासको लागी आफु निरन्तर लाग्ने बताउनुभयो । अर्का प्रदेश सभा सदस्य धन्ञजय दवाडीले गाँउको बिशेषता पहिचान गरेर होमस्टे सञ्चालन गर्नुपर्ने भन्दै अर्गानिक खाना,बिभिन्न संस्कृति लाई जोड दिएर होमस्टे सञ्चालन गर्नुपर्ने बताउनुभयो । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकले राईनासकोट भरिभराउन हुने र यस ठाँउको उन्नती र प्रगति हुने उनको भनाई थीयो ।
प्रदेश सभा सदस्य मधु अधिकारीले गाँउ पर्यटन लाई पहिलो प्रथामिकतामा राखेर सरकारले नयाँ कार्ययोजान बनाउनुपर्नेमा जोड दिदै रोजगारी सिर्जना गर्ने गरी होमस्टे सञ्चालन गर्नुपर्ने बताउनुभयो । गाँऊ पर्यटन प्रबद्र्धन मञ्चका संस्थापक अध्यक्ष एवम् पर्यटनविद्ध प्रेम शर्माले विगतको शैली परिर्वतन गर्दै होमस्टे सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन निजी क्षेत्रले चलाउनुपर्ने र सरकारले पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । राईनासकोटमा रहेका केही पुराना घरलाई पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ । पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवःथापनका लागि काम भइरहेको छ । त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ । बाइसेचौबिसे राज्य शासनमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राईनासकोट पुग्न लमजुङ प्रवेशद्धार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । राइनसकोटबाट अन्नपूर्ण र मनस्लु, हिमशृृंखला तथा लमजुल हिमाल, बुद्ध हिमाल, गणेश हिमाल, माछापुच्छ्रेलगायत हिमाल देख्न सकिन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला