गंगामाया अधिकारीको अवस्था चिन्ताजनक,अनशन आजै तोडाउने प्रयास

ZEN Travels

काठमाडौं-

छोराका हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ ।

मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको एक मन्त्रीले बताए

छोराको हत्यारालाई कारबाहीको माग सहित अनसनरत गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको छ । हत्यारालाई कारबाहीको माग सहित ०६९ साल देखी अनसनरत अधिकारीको अहिले आईसियुमा राखेर उपचार भइरहेको छ । हत्याका मुख्य आरोपीत छबिलाल पौडेलले अदालत समक्ष आत्मसर्पण गरे पनि गंगामायाको अनसन जारी नै छ । अदालतको फैसला र कार्यान्वयनको लिखीत प्रतिबद्धता पछि मात्र अनशन बारे निर्णय लिने बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छपौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन्

सरकारले न्यायिक प्रक्रियामा उदासिनता देखाएको उहाँको भनाई छ । छविलाल जस्तै रेडक्रनर सुचीमा रहेका रुद्र आचार्यलाई पक्राउ गरि नेपाल ल्याउने कार्य सरकारले गर्नुपर्ने त्रिपाठीले बताउनुभयो । अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाले समस्या समाधानका लागि तत्काल सरकारले पहल थाल्नुपर्ने उहाँको भनाई छ ।

२०६२ साल जेठ २४ गते छोरा कृष्ण अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए । छोराको हत्यारालाई कारबाही गर्न जाहेरी दिदा पनि सरकारले कारबाही नगरेको अधिकारीको आरोप छ । अनसनकै क्रममा गंगामायाका पति नन्द प्रसाद अधिकारीको ०७३ सालमा निधन भइसकेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला