“सदाबहार सफल बन्दै सहकारी ” -सचिन्द्र श्रेष्ठ

ZEN Travels

               सहकारी भन्ने बितिकै समुदायमा आधारित सम्पूर्णको निजी लगानिमा बराबर मुनाफा आर्जन गरी जीबनयापन सहज मद्दत पुग्नु जसलाई बित्तीय कारोबार मार्फत यसको परिचालन गर्ने गरिन्छ । सन् १९२३ देखि अन्तरराष्ट्रीय सहकारी संगठन मार्फत हरेक बर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तरराष्ट्रीय सहकारी दिबस मनाउने गरिन्छ।

बिश्ववब्यापि रुपमा सन् १९९५ देखि संयुक्त राष्ट्र संघले यो दिबसलाई अंगीकार गरेको छ। हाल आएर नेपालमा पनि सहकारी आन्दोलन थप बिकसित, मुनाफा ,समुदायमा समर्पित रहेर प्रभावकारी ढंगमा अगाडि बढेको छ। सहकारीको आधुनिक परिभाषा सँग हूबहू मेल खाने पहिलो सहकारीको रुपमा स्थापना सन् १८४४ मा बेलायतको रोचडेल सहरमा उपभोक्ता सहकारी संस्थाको रुपमा गठन गरिएको थियो।यसलाई सहकारीको इतिहासमा रोचडेल पायोनियर्सको नामले पनि प्रख्यात छ।त्यसै गरी सन् १८४८को जर्मनीमा जनताको बैंक स्थापना गरी अनिकाल ,भोकमरी परेका ग्रामीण किसानहरुलाई सहज ऋण उपलब्ध गराउने कार्यमा रैफिशनको नेतृत्वमा ऋण सहकारी अभियान सुरु भयो।यसरी बेलायत तथा जर्मनीबाट एउटै दशक भित्र प्रारम्भ भएको सहकारी क्रांति आज बिश्वभर फैलदै अमेरिका, यूरोप,अस्ट्रेलिया र केहि एसियाली राष्ट्रहरुमा सन् १९४० पूर्ब नै सहकारी आन्दोलनले लोकप्रियता एबं महत्व बढेको इतिहासमा पढन पाइन्छ।सन् १८९५ को बेलायतमा सम्पन्न भएको पहिलो सहकारी काँग्रेसमा एसिया र प्रशान्त क्षत्रका भू- भागहरुबाट भारत र अस्ट्रेलियाका प्रतिनिधिहरुले सहभागी जनाएका थिए।लण्डनमा सम्पन्न सो काँग्रेसले अन्तरराष्ट्रीय सहकारी एलायंस(International Cooperative Alliance ICA)गठन गर्यो।सन् १९१०मा जापान पनि सहभागी भयो त्यस लगतै सन् १९९२ मा तत्कालिन सुधारबादी नेता सनयात्सेनले चीन मा सहकारी आन्दोलनको शुरूबात गरे ।

दोस्रो बिश्व युद्ध पश्चात सहकारी आंदोलन यूरोप,अमेरिका र जर्मनीको मोडेलमा बन्न थाल्यो ।अहिलेको समयमा भारत, चीन महत्वपूर्ण राष्ट्रको रुपमा सहकारी क्रान्ति लाई तिब्र पारेको छ।भारतमा सन् १९०४मा आरम्भ र सोहि क्रान्तिलाई आत्मसाथ गर्दै नेपालमा सन् १८४४ को बेलायतमा प्रारम्भ भएको सहकारी आन्दोलनको ११० बर्ष पछि सन् १९५४ मा प्रारम्भ भएको थियो। बि.स.२०१० सालमा तत्कालीन योजना,बिकास तथा कृषि मंत्रालय अन्तर्गत सहकारी बिभागको स्थापना भएको थियो ।नेपालमा पहिलो पटक चितवनको बखानपुरमा बि.स.२०१३ चैत्र २० गते बखान ऋण सहकारी को स्थापना सँगै नेपाल सहकारी दिबस समेत मनाउने गरियो।सहकारी क्षेत्रलाई गतिसिल बनाउनका लागि २०१६ सालमा पहिलो सहकारी संस्था ऐनको निर्माण भएको थियो ।बि.स.२०१९ सालमा सहकारी बैंक ऐन निर्माण भए लगतै बि.स. २०२०साल भदौ २८ गते सहकारी बैंक स्थापना भयो,२०२० सालमा स्थापना गरिएको सहकारी बैंकलाई २०२४ सालमा कृषि बिकास बैंकमा परिणत गरियो। बि.स.२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात सहकारी ऐन २०४८ तर्जुमा भई लागु गरियो, सो ऐन जारी भए पछि

नेपालमा सहकारी मूल्य,मान्यता तथा सिद्धान्त अनुसार सहकारी संस्थाको स्थापना र संचालन हुने क़ानूनी आधार निर्माण भए पछि सहकारी क्रान्ति अहिले यहाँ सम्म बचत तथा ऋण,कृषि,स्वस्थ्य, पशु,सञ्चार,पर्यटन, दुग्ध, बहुउद्देशिय जस्ता प्रकारमा बिभाजन गर्दै सेवा गरी रहेका छन ।सहकारी ऐन जारी भए पश्चात सहकारी आन्दोलनलाई ठुलो मदत पुग्नुका साथै अन्तरराष्ट्रीय मान्यता प्राप्त सात सिद्धान्तहरु र आठ मूल्यहरुका आधारमा सहकारी संघ सस्था धमाधम अगाडि बढ़ने बाताबरण तयार भयो । नेपालको अर्थतन्त्र सहकारी संस्था सँग भएको पूँजी उत्पादनको क्षेत्रमा कमी हुनु तर उपभोगको क्षेत्रमा बढी लगानी भएको पाइन्छ । जसले गर्दा पूँजी निर्माण, रोजगारीमा कमी आएको छ।पछिल्लो पटक सहकारीको लगानी घर जग्गा खरीद बिक्री, बैदशिक रोजगार अध्ययन,यातायात क्षेत्रमा बढी देखिन्छ जसका कारण प्रतिफल राम्रो हुन सकेको छैन। कृषि उत्पादन, हाइड्रोपॉवर जस्ता क्षेत्रमा लगानी गरी रोजगार सृजना गर्न गराउन सके राज्य,संस्था, ब्यक्ति लाई समेत फाइदा पुग्ने निश्चित छ।हाल कति सहकारीमा बचत मात्र गरेर बस्नेको उल्लेख्य जमातनै छ बचत रकमलाई आवश्यकता अनुसार परिचालन गर्न सक्यो भने राज्यको कूल ग्राह्रयस्थ उत्पादनमा थप फाइदा भई अर्थतन्त्र बलियो हुने देखिन्छ।हाल सहकारी एउटा ब्यबसायको रुपमा खडा भएको छ ।एउटा अबिछिन्न उत्तराधिकारीवाला,स्वतन्त्र, स्वायत्त, उद्यमशील भई ब्यबसायीक संगठन हुनुनै सहकारी भएको छ।समुदायमा आधारित, सदस्य केन्द्रित र सहकारीको मूल्य मान्यता सिद्धान्त,मर्म अनुरूप संचालन हुनु पर्दछ।

छरियर रहेका स्थानीय स्रोत,साधन र पूँजीहरुलाई एकत्रित गरी ब्यबस्थापन गर्ने, कार्यकुशलता वा क्षमता अभिबृद्वि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक बिकास गर्ने सबल संस्था सहकारी बन्नू पर्दछ। नेपालमा बित्तीय पहुँच, समाबेशीकरण,साक्षरता,नेतृत्व बिकास, पूँजी निर्माण र परिचालन जस्ता सवालमा सहकारी अगाडि बढेको देखिन्छ।केहि सहकारीमा चेतना अभिबृद्विको कमी, ब्यबस्थापनमा ह्रासका कारण सहकारी टाट पल्टनुका साथै बन्द हुन पनि पुगेको छ। सहकारीमा जवाफदेहिता,पारदर्शिता, बिस्वास्नीय,लक्ष्य क्षमताको कमी पाइन्छ।नेपालमा सहकारी संख्यात्मक रुपमा बढ्दै गए पनि गुणात्मक दिन सकेको छैन यसलाई सम्बंधित निकायको अनुगमनमा ह्रास हुनु पनि एक हो,सहकारी लाई दिगो सोच, अठोटको आवश्कता छ।

आर्थिक समबृद्धिको पिल्लर सहकारी भएको बर्तमान अवस्थामा घरै पिछे देखिने बोर्डले अनेक योजनामा आफ्नो प्रचारप्रसार गरेको पाइन्छ, यो सही हो या गलत, सहकारीमा आफ्नै परिवार को हालीमुहालि हुनु ,ऋणको सुपरीबेक्षण ,कस्तो खालको ब्यक्तिले संचालन गरेको छ, कर्मचारी कस्ता खालका छन त्यसको निष्पछ छानबिन अनुगमन गरी डुप्लीकेशन हुने सहकारीका सदस्य लाई खारेज,कार्यसमितिमा आफ्नै पारिवारिक संगठन जस्तो कार्यलाई रोक्न सक्ने परिपाटी गर्यो भने असल सहकारी मार्फत असल सदस्य बृद्धि गरी आत्मनिर्भर बनाउने र राज्यलाइ लाभ दिलाउन सके सहकारी सदाबहार सफल बन्न सक्ने छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला