जपानमा हाम्रो नेपाल हामी नेपाली अभिया यस कारण आयोजना हुने

ZEN Travels

काठमाडौं ।

नेपाली युवाहरुको जापान आगमनमा भएको वृद्धि आफैमा एउटा अवसर हो र चनौती पनि । अवसर यसकारणले हो कि जापानमा यति धेरै प्रगतिका सम्भावनाहरु छन् कि त्यसलाई समात्न सकेमा यहाँ आउने हरेक नेपालीले आफ्नो भविष्य त राम्रो बनाउँछ नै । राष्ट्रको इज्जत र समृद्धिमा पनि उल्लेखनीय योगदान पुर्‍याउन सक्छ । अर्कोतिर चुनौती यस मानेमा छ कि यो सफलता प्राप्त गर्न के गर्न आवश्यक छ ? जापानी भाषाको आवश्यकता कति हो ? कस्तो बिषय लिएर अध्ययन गर्ने, जसले भोलि जागिर वा व्यवसाय गर्ने सकियोस् भन्ने कुराको सहि पहिचान र आफ्नो उद्देश्य निश्चित गर्ने र त्यसका लागि पूर्ण लगनशीलताका साथ क्षमताको विकास गर्ने कुरा नै हाम्रा लागि चुनौतीपूर्ण रहेको छ । जहिले पनि र जहाँ पनि जति धेरै अवसरहरु हुन्छन्, त्यहाँ त्यति नै धेरै चुनौतीहरु पनि हुन्छन् ।

हुन त सामान्य सफलता प्राप्त गर्नको लागि धेरै ठूलो त्याग, बलिदान र संघर्ष गर्नुपर्दैन । तर, यसको प्राप्तिको लागि केहि यस्ता आधारभूत मान्यताहरु छन्, त्यसको अनुशासित र नियमित अनुपालना गर्न अत्यन्त जरुरत छ ।

हामी जापान किन आएको हौं ? किन आउनु परेको हो ? हाम्रो उद्देश्य के हो ? यो कुरा नै हामीले सर्वप्रथम गम्भीर भएर विचार गर्नुपर्छ । त्यसपछि हाम्रो क्षमता र अवस्था कस्तो छ ? हामीले के गर्न सक्छौं र के गर्न सक्दैनौं ? भन्ने कुरा पनि राम्रोसँग बुझ्न जरुरत छ । कहिलेकाँही आफुले गर्न सक्ने, गर्नुपर्ने कुरा पनि नसक्ने जस्तो गर्ने, अल्छी गर्ने, भै हाल्छ नि भन्ने प्रवृत्ति र अर्कोतिर गर्नै नहुने कुरा गर्ने, कतिपय अवाञ्छित बानी व्यहोराको विकास गर्ने, गलत साथीको संगत गर्ने, छोटो बुद्धि र कमजोर धैर्यताले फस्दै जाने र अन्त्यमा परिणाममा ठूलो नोक्सान व्यहोर्नेजस्ता सबै कमजोर परिस्थितिबाट बचेर हामी अगाडी बढ्न आवश्यक छ ।

त्यसैले हामीले कस्तो बाटो रोज्ने हो ? जस्तो बाटो रोज्यो त्यस्तै परिणाम पाइन्छ जापानमा । यी कुराहरु धेरै नै सामान्य छन् तर, यसको वास्तविक अनुभूति नहुँदासम्म अथवा मनभित्र यस्ता कुराले ठाउँ नपाएसम्म हामीले सपना देखेको उपलब्धि हासिल गर्न सक्दैनौं ।

सफलताका कुनै सर्वमान्य सुत्रहरु त छैनन् तर, मनन गर्नुपर्ने र पालना गर्नुपर्ने केहि यस्ता जीवनकलाहरु छन् जसलाई हामीले अँगाल्नु सक्नुपर्छ ।

त्यसैले जापान आउनु आफैंमा अन्तिम लक्ष्य होइन । लक्ष्य त जापान आएर आफ्नो भविष्य बनाउनु हो जसका लागि युवा वर्गमा अनुशासित र कर्मशील जीवन मार्गको आवश्यकता पर्दछ । यी र यस्ता कुराहरुको पहिचान गर्न र अपेक्षाकृत मार्गमा आफुलाई समर्पित गरी सफलता हासिल गर्नु नै जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती हो । यिनै कुराको महसुस र पहिचान प्रवासी समाजमा ज्यादै कमजोर देखिएको छ । फलस्वरूपः हाम्रा धेरै युवायुवतीहरु सुन्दर सपनाको भुमरीमा रुमलिएको र यही भूमरीमा आफ्ना सबै सपनाहरु हराइरहेको अवस्था पनि एउटा तितो यथार्थता हो ।

त्यसैले यस्तो प्रतिकूल परिस्थितिमा कोहि पनि पर्न नपरोस, कसैले पनि गलत बाटोमा हिड्न नपरोस्, कसैले पनि अनावश्यकरुपमा कानुनी झन्झटमा पर्न नपरोस् र हामीले माथि भनेजस्तो अपार सम्भावना भएको जापानजस्तो देशमा आएका हामी र हाम्रा नेपाली युवा युवतीहरुले आफ्नो ज्ञान, सीप, क्षमता र दक्षताको विकास गरेर आफ्नो मञ्जिलमा पुग्न सकियोस् भन्ने उद्देश्य लिएर ‘हाम्रो नेपाल हामी नेपाली अभियान, जापान’ले आयोजना गर्दै गरेको दोस्रो बृहत ओरियन्टेशन कार्यक्रममा सहभागी हुन फुकुओकामा विभिन्न स्कुल कलेजमा अध्ययन गरिरहनु भएका विद्यार्थीहरु तथा अन्य फुकुओकाबासी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपिल गर्न चाहन्छौं । धन्यवाद !

कार्यक्रम रुपरेखा
कार्यक्रम स्थलः मिनामी सिमीन सेन्टर, फुकुओका (ओहासीनजिक)
मितिः २०१८ जुलाई १३ गते शुक्रबार
समयः अपरान्ह १:३०-१६:३० सम्म
प्रमुख अतिथिः गैर आवासीय नेपाली संघका अध्यक्ष- भवन भट्ट
अभिमुकिकरण वक्ताहरुः प्रो. डा.  तानाका मसाको, डा. जिज्ञान कुमार थापा र साथमा अन्य विशिष्ट जापानी तथा नेपाली अथितिहरु
(साथै कार्यक्रममा अग्रजहरुको आवाजका साथ स्वागत नृत्य पनि प्रस्तुत गरिने छ) 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला