हामी नेपाली हाम्रो अभियान अभिमूखिकरण कार्यक्रम हुदैं

ZEN Travels

सुजन के.सी, जापान ।
हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजनामा यही जुलाई १३ गते शुक्रबार जापानमा नेपाली युवाहरु बिच बृहत अभिमूखिकरण आयोजना गरिएको छ । कार्यक्रमको मूख्य लक्ष्य नेपाली यूवाको जापान आगमनको कारणका बिषयमा प्रशिक्षण हुने छ । राष्ट्रको इज्जत र समृद्धिमा पनि उल्लेख्नीय कार्यक्रमले योगदान पुराउने जनाईएको छ ।

यस्तै चुनौती सफलता प्राप्त गर्न के गर्न आवश्यक छ रु जापानी भाषाको आवश्यकता कति हो रु कस्तो बिषय लिएर अध्ययन गर्ने, जसले भोलि जागिर वा व्यवसाय गर्ने सकियोस् भन्ने कुराको सहि पहिचान र आफ्नो उद्देश्य निश्चित गर्ने र त्यसका लागि पूर्ण लगनशीलताका साथ क्षमताको विकास गर्ने कुरा नै हाम्रा लागि चुनौतीपूर्ण रहेको छ जस्ताको बिषयमा प्रशिक्षण दिईने छ ।

सो प्रशिक्षणवाट नेपाली जापानमा केन्द्रित मात्र नभई त्यस क्षेत्रवाट सिकेको सवै ज्ञान र सिपलाई नेपालमा लगेर कसरी प्रयोग गर्ने र यसको क्षेत्र कसरी स्वदेशमा बिस्तार गर्ने भन्ने बिषयलाई मूख्य रुपमा समावेश गरिने लामो समय देखि जापानमा रहदैं आउनुभएका हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक, एनआरएन जापानका सल्लाहकार एवंम आजिया निहोनगो एकेडेमीका निर्देशक धर्म अधिकारीले बताउनुभएको छ । यो अभिमूखिकरण कार्यक्रम मिनामी सिमीन सेन्टर, फुकुओकामा आयोजना गरिएको छ । कार्यक्रम यही जुलाई १३ गते शुक्रबार १:३० बजे बाट शुरु हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथिः गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट रहने छन् । उक्त कार्यक्रमका अभिमुकिकरणकर्ता प्रोफेसर तानाका मसाको र डा.जिज्ञान कुमार थापा रहेन आयोजकले जनाएको छ । यो कार्यक्रम विगतमा पनि सञ्चालन भएको थियो। अधिकांश नेपालीले लाभ लिएका थिए ।

यो बर्ष पनि यो अभिमूखिकरण कार्यक्रमवाट जापानमा रहका अधिकांश नेपालीले लाभलिन सक्ने भएको अर्का ब्यक्तित्ब यस कार्यक्रमका अभियानकर्ता,एनआरएन जापानका सदस्य एवमं युवा ब्यक्ति हस्त लामाले बिशवास लिनुभएको छ । सो अवसरमा अन्य विशिष्ट जापानी तथा नेपाली अथितिहरु रहने छन् भने, कार्यक्रममा अग्रजहरुको धारणा पनि राखिने छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला