लायन्स क्लव अफ शिवालय र मोदीकालीद्धारा बृक्षारोपण

ZEN Travels

पर्वत ।
लायन्स क्लव अफ शिवालय र लायन्स क्लव मोदीकालीको आयोजनामा बान्दे्रबिडी परिसरमा बृक्षारोपण गरिएको छ । करिब २ सय फलफुल जातका बिरुवा जस्तै आँप,सुन्तला,कगती,पारिजात,कपूर,तेजपत्ता लगाएतका बिरुवा रोपिएको हो ।

बृक्षारोपण गर्दै कार्यक्रमका प्रमूख अतिथि रामचन्द्र जोशीले कार्यको प्रशंसा गर्दै यसको संरक्षण र रख्देखमा सवैले चासो दिुनुपर्ने बताए । उनले लोपउन्मूख जमातका बिरुवाको संरक्षण यस्तै गतिविधिवाट शुरु गरी संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित अतिथी जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी उपरिक्षक दिलिप घिमिरे,वन अधिकृत कृष्ण ढकाल लगायतले रोपण गरिएका सवै बिरुवाको संरक्षणमा ध्यान दिन अनग्रह गर्नुभयो ।

लायन्स क्लप अफ शिवालयका मानकुमारी गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ,भने कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ मोदीकालीका अध्यक्ष गोविन्द शर्माले गुर्नभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला