पर्वतःसार्वजनिक सुनुवाईमा वडा नम्बर ५ कुश्माका कार्यको प्रशंसा

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका वडा नं ५ को कार्यालयले शुक्रवार आयोजना गरको सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीहरुले प्रशंसा गरेका छन् । करिब १ सय २० जना वडाका नागरिकहरुको सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाईमा आर्थिक बर्ष २०७४÷०७५मा वडाबाट वितरण भएका विभिन्न योजनाहरुको कार्यान्वयनको अवस्था र गुणस्तरीयताको साथै कार्यालयबाट भएका सेवा प्रवाहको विषयमा वडाबासी नागरिकहरुले विभिन्न सुझावहरु राखेका थिए । सहभागीहरुले अन्य वडाहरुको तुलनामा ५ नं वडाले निकै राम्रो काम गरेकोमा प्रशंसा गर्दै आगामी बर्षको कार्यक्रममा बडागाउ“देखि चाक्लेको डिलसम्मको सडकको कालोपत्रे, गोपाङ्घाट र मोदीवेणी घाटको उचित व्यवस्थापन, पर्वत जिल्ला अस्पतालको सुधार, सदरमुकाममा रहेका अग्लापुलहरुमा सोलारवत्ती र सुरक्षाको प्रवन्धका साथै कुश्मा कल्लेरी सडकको स्तरोन्नती लगायतका विषयमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।
सहभागी नागरिकहरुको सुझाव र प्रतिक्रियाको जवाफ दि“दै कुश्मा नगरपालिका वडा नं ५ का वडाअध्यक्ष चित्रकला शर्मा भारतीले वडाबासीकै मागका आधारमा वडाले रकम विनियोजन गरि खर्च गरेको बताईन । उनले यो आर्थिक बर्षमा आफ्ना लागि पहिलो बर्ष भएकोले कम अनुभवका कारण पनि योजना छनौटमा केही कमी कमजोरी भएपनि आगामी दिनमा सुधार्दै वडाबासीहरुको मागका आधारमा योजना छनोट गरि कार्यान्वयन गर्ने र वडाबाट वितरण भएका योजनाहरुलाई सकेसम्म पारदर्शी र जवाफदेही बनाउने प्रतिवद्धता ब्यक्त गरिन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव बालकृष्ण शर्मा, वडा सदस्यहरु लालकुमारी सिके, उत्तम ढकाल, लक्ष्मी सेन्चुरी र नरेन्द्रबहादुर खत्रीको सहभागिता थियो भने, कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेशबहादुर क्षेत्री, गैसस महासंघका सचिव यज्ञप्रसाद शर्मा, नेपाल बाल संगठनका जिल्ला अध्यक्ष निर्मल विश्वकर्मा, एकता युवा क्लवका सचिव गोकुल चापागाई, सिसेफ महिला समूहका अध्यक्ष इश्वरी पाठक, समाजसेवीहरु विष्णुप्रसाद नेवार, धैलागिरी महिला बहुउदेश्ययीय महिला समूहकी अध्यक्ष लक्ष्मी अधिकारी ,हरिप्रसाद शर्मा, शशीधर पौडेल, खुमराज शर्मा पराजुली, रामहरि शर्मा र बुद्धिकुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।

कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्मा भारतीको सभापतित्वमा भएको उक्त सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार ओमप्रसाद घायलले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला