पर्वत-एनआईसी एसीया बैंकको शाखारहित बैकिङ सेवा बिस्तार

ZEN Travels

पर्वत ।
एनआईसी एसीया बैंक लिमिटेड जिल्ला शाखा पर्वतद्धारा ‘शाखा रहित बैकिङ सेवा’ फलेवास नगरपालिका २ थापाठानामा बिस्तारमा भएको छ ।
प्रमूख अतिथी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले शुक्रबार सेवाको उद्घाटन गर्दै शाखा रहित बैङिकङ सेवाद्धारा राम्रो कारोबार पाईएमा एनआईसी बैंकले आफ्नो शाखा नै बिस्तार गर्न सुझाए । उनले बैंक गाउँगाउँमा आईपुग्दा बचत गर्ने परम्पराको शुभारम्भ गर्न स्थानीइलाई आग्रह गरेका छन् ।
एनआईसी एसीया बैंक लिमिटेड पर्वतका प्रबन्धक बिजय चापाँगाईको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न कार्यालय तथा संघ संस्थाका र स्थानीय ब्यक्ति नवराज भण्डारीले बोलेका थिए ।
शाखा रहित युनिट एनआईसी एसीया बैंकका कर्मचारी अनिल भूषालले एटिमवाट कारोवार गर्ने तरिकाको बारेमा प्रशिक्षण गरे । उनले शाखा रहिल बैंकवाट दिनमा १ लाख सम्म जम्मा गर्न सकिने र ५० हजार सम्म झिक्न सकिने सुनाए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला