गगन थापा र पुर्वप्रधानन्याधिश सुशीलासहितले माइतीघरमा प्रदर्शन

ZEN Travels

चिकित्सा क्षेत्र सुधारका लागि भन्दै दुई हप्ता देखि आमरण अनसनमा बस्नु भएका गोविन्द केसीको समर्थनमा आज काठमाडौमा बृहत प्रदर्शन हुने भएको छ । पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्री देखि सामाजिक अगुवाहरुको सहभागीताका काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको हो ।

मध्यान्न १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायत प्रदर्शनमा सहभागी हुने जनाइएको छ ।

डा केसी १५ औँ पटकको अनसन बसेको पनि १५औ दिन भइसक्दा पनि सरकारले समस्या समाधान तर्फ चासो नदिएको भन्दै उनीहरुले सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।मस्तिष्कमा देखिएको समस्या कारण उहाँ छिनछिनमा अर्धचेत हुने गरेको उहाँका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा. केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको डा क्षेत्रीले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला