सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित

ZEN Travels

काठमाण्डौ –

सप्तकोशीको बहाव शुक्रबार साँझको तुलनामा शनिबार सुस्त गतिमा घटेको छ । शनिबार बिहानको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  ।

शुक्रबार साँझ १ लाख ७५ हजार ८ सय २५ क्यूसेक प्रतिसेकेण्ड पुगेको थियो । उक्त बहाव यो वर्षकै सबैभन्दा बढी हो ।

पानीको बहावमा थोरै कमि देखिएपनि खतराको संकेत रातो बत्ति बालिएको छ । खतराको संकेतसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये २४ वटा ढोका खुला गरिएको छ ।

बहाव बढेर भएर रातो बत्तिले खतराको संकेत दिँदा पूर्वीतटका बासिन्दा त्रसित हुन थालेका छन् । ०६५ साल भदौ २ गते कोशीको पूर्वीतट भत्किँदा कोशीमा पानीको बहाव १ लाख ६५ हजार क्युसेक प्रति सेकेण्ड रहेको थियो ।

त्यसबेला सुनसरीको कोशी गाँउपालिका डुबान भएर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए भने ४ हजार विगाह भन्दा बढी खेती योग्य जमीन बालुवाले पुरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला