पूर्व सांसद जोशीद्धारा अग्नी पीडितलाई आर्थिक सहयोग

ZEN Travels

पर्वत ।
जनताको काम गर्न चुनाब जित्नुपनि पर्दैन र सत्ताम पनि चाहिँदैन भन्ने कुराको उदाहरण काँग्रेस नेता अर्जुनप्रसाद जोशी बन्नुभएको छ ।
आफू
प्रतिनिधिसभाको निर्वाचनमा चुनाब हारेपनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका काँग्रेस केन्द्रीय सदस्य जोशी अहिले पनि रोग र भोकले मर्माहत भएका जनताको घरदैलोमा पुगेर आफ्ना सहयोगी हातहरू फैलाईरहनु भएको छ । काँग्रेस नेता तथा निवर्तमान सांसद जोशीले आज जलजला गाउँपालिका वडा नं ६ शालिजाका आगलागिपीडित जगबहादुर पुनलाई ५० हजार रूपैयाँको आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । केन्द्रीय सदस्य जोशीले आफ्नो पहलमा पूर्ववर्ती देउवा सरकारको पालामा पुनका नाममा निर्णय भएको उक्त सहयोगको चेक आगलागिपीडित पुनलाई आज मिलनचोकमा पुगी हस्तान्तरण गर्नुभएको हो ।
नेता जोशीले यसअघि पनि कुश्मा नगरपालिका ८ चुवाका मृगौलापीडित अनिल विक र थमन विकलाई एकएकलाख; वर्राचौरका भवानी पराजुलीलाई ५० हजार उपलब्ध गराउनुभएको थियो । त्यसैगरि धाईरिङका द्वन्दपीडित रूद्रलाल उपाध्यायलाई दुईलाख; मोदी गाउँपालिका तिलाहारका रणबहादुर जिसीलाई एकलाख उपलब्ध गराउनुभएको थियोभने कुश्मा नगरपालिका २ खुर्कोटका शास्त्रनिधि पाध्यालाई दुईलाख; जलजला १ बाँसखर्कका सममाया गर्वुजालाई एकलाख र जलजला ६ का अपाङ्ग घाईते हिमबहादुर गर्वुजालाई ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराई हस्तान्तरण गरिसक्नुभएको छ । लामो समयदेखि पर्वतको राजनीतिमा विशेष प्रभाव राख्दै आउनु भएको नेता जोशीले आफू सत्ता र संसदमा नरहँदा पनि जिल्लाको विकास र जनताको सुखदुखमा क्रियाशील भइरहँदा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू समेत आश्चार्यमा परेका छन् । नेता जोशीले आर्थिक अभावका कारण उपचारमा समस्या भएका जिल्लाका दर्जनौ व्यक्तिलाई निकट भविस्यमा अरू सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत जानाकारी दिनुभयो । ‘ म सत्ता र संसदमा नरहेपनि जिल्लामा आर्थिक अभावमा अफ्ठ्यारोमा परेका वा विकासबाट बञ्चितीमा परेकाहरूलाई सहयोगका लागि मेरो अभियान निरन्तर जारी रहन्छ ।’- नेता जोशीले भन्नुभयो । उहाँले उधारो सपनाको व्यापार गरेर सत्तामा पुग्नेहरूसँग जनताहरू परिचित भइसकेको टिप्पणी समेत गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण; काँग्रेस महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय; काँग्रेस क्षेत्रीय सदस्य विप्लव हमाल र रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल पनि सहभागी हुनुहुन्थ्यो ।
जनताको काम गर्न चुनाब जित्नुपनि पर्दैन र सत्ता पनि चाहिँदैन भन्ने कुराको उदाहरण काँग्रेस नेता अर्जुनप्रसाद जोशी बन्नुभएको छ । आफू प्रतिनिधिसभाको निर्वाचनमा चुनाब हारेपनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका काँग्रेस केन्द्रीय सदस्य जोशी अहिले पनि रोग र भोकले मर्माहत भएका जनताको घरदैलोमा पुगेर आफ्ना सहयोगी हातहरू फैलाईरहनु भएको छ ।
काँग्रेस नेता तथा निवर्तमान सांसद जोशीले आज जलजला गाउँपालिका वडा नं ६ शालिजाका आगलागिपीडित जगबहादुर पुनलाई ५० हजार रूपैयाँको आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । केन्द्रीय सदस्य जोशीले आफ्नो पहलमा नेपाल सरकारबाट उपलब्ध गराएको उक्त सहयोगको चेक आगलागिपीडित पुनलाई आज मिलनचोकमा पुगी हस्तान्तरण गर्नुभएको हो । नेता जोशीले यसअघि पनि कुश्मा नगरपालिका ८ चुवाका मृगौलापीडित अनिल विक र थमन विकलाई एकएकलाख; वर्राचौरका भवानी पराजुलीलाई ५० हजार उपलब्ध गराउनुभएको थियो । त्यसैगरि धाईरिङका द्वन्दपीडित रूद्रलाल उपाध्यायलाई दुईलाख; मोदी गाउँपालिका तिलाहारका रणबहादुर जिसीलाई एकलाख उपलब्ध गराउनुभएको थियोभने कुश्मा नगरपालिका २ खुर्कोटका शास्त्रनिधि पाध्यालाई दुईलाख; जलजला १ बाँसखर्कका सममाया गर्वुजालाई एकलाख र जलजला ६ का अपाङ्ग घाईते हिमबहादुर गर्वुजालाई ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराई हस्तान्तरण गरिसक्नुभएको छ । लामो समयदेखि पर्वतको राजनीतिमा विशेष प्रभाव राख्दै आउनु भएको नेता जोशीले आफू सत्ता र संसदमा नरहँदा पनि जिल्लाको विकास र जनताको सुखदुखमा क्रियाशील भइरहँदा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू समेत आश्चार्यमा परेका छन् ।
नेता जोशीले आर्थिक अभावका कारण उपचारमा समस्या भएका जिल्लाका दर्जनौ व्यक्तिलाई निकट भविस्यमा अरू सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत जानाकारी दिनुभयो । ‘ म सत्ता र संसदमा नरहेपनि जिल्लामा आर्थिक अभावमा अफ्ठ्यारोमा परेका वा विकासबाट बञ्चितीमा परेकाहरूलाई सहयोगका लागि मेरो अभियान निरन्तर जारी रहन्छ ।’- नेता जोशीले भन्नुभयो । उहाँले उधारो सपनाको व्यापार गरेर सत्तामा पुग्नेहरूसँग जनताहरू परिचित भइसकेको टिप्पणी समेत गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण; गाउँपालिकाका उपाध्यक्ष सीमा गर्वुजा पुन; काँग्रेस महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय; वडाअध्यक्ष भीष्म मल्ल; देवेन्द्र भण्डारी रवि; उद्योग बाणिज्य संघ मल्लाज उपशाखाका बरिष्ठ उपाध्यक्ष चित्रराज रेग्मी; काँग्रेस क्षेत्रीय सदस्य विप्लव हमाल र रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल पनि सहभागी हुनुहुन्थ्यो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला