सीप विकास तालिम केन्द्र पर्वत मार्फत सम्मान सहित सहायता वस्तु प्रदान ।

ZEN Travels

पर्वत ।

नेपाल सरकार व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतको आव ०७४÷७५ को वार्षिक कार्यक्रम अन्तर्गत आव ०७३÷७४ को दोस्रो सत्र तथा आव ०७४÷७५ को पहिलो सत्रका विभिन्न सीपमूलक तालिममा सहभागि मध्य उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सम्मान र सहायता वस्तु सहित प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमूख अतिथी जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले बेरोजगार पुरुष र महिलाहरुलाई सीप प्रदान गर्दै आत्मा निर्भर वनाउने कार्यमा अव्वल रुपमा रहेको सीप विकास तालिम केन्द्र पर्वतको प्रशंसा गरे ।उनले सीप विकास तालिम केन्द्र मार्फत तालिम प्राप्त गरेका सवैलाई व्यावसायिक बन्दै वेरोजगारी समस्याको अन्तय गर्न आग्रह गरे ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द पर्वतका केन्द्र प्रमूख किरणचन्द्र सुवेदीले सो अवसरमा बोल्दै सवै मध्य केहिलाई छनोट गर्दै उत्कृष्ट सहभागिहरुलाई साहयता सामाग्री प्रदान गरेको बताए । उनले प्राप्त सामाग्रिहरुको सहिसदुप्रयोग गर्दै व्यावसायिक र आत्मानिर्भर बन्नु सुझाए ।

 

सो अवसरमा विभिन्न शिर्षकका ८ जना उत्कृष्ट सहभागिहरुलाई सम्मान र सहायता वस्तु बितरण गरिएको थियो । सम्मान र सहायता वस्तु प्राप्त गर्नेमा बिद्युत जडान तर्फ दिनेश गौतम,प्लम्विङ्ग तर्फका उत्कृष्ट राजेश पौडेल,मोटर साईकल मर्मत तर्फका अनिस पुन,ईल्कटोसनक्स तर्फका उत्कृष्ट अनद्ति सुवेदी,केशश्रृङ्गर तर्फ गिता गिरी,एड्भान्स केशश्रृङ्गरका उत्कृष्ट संजिता पौडेल,सिलाई कटाईका विमला वि.क र कम्प्युटर तर्फका उत्कृष्ट मिना लामिछानेलाई सम्मान गरिएको थियो । यस्तै केशश्रृङ्गरका ४० र सिलाई कटाईका ४० जना प्रशिक्षार्थीहरुलाई प्रमाण्पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
पर्वत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कमल जि.सि र पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी लगायतले वोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला