कलााकार सुदिप क्षेत्री वैवाहिक बन्धनमा पहिलो यात्रा रेलमा पक्का

ZEN Travels

पर्वत –

संगै बसिरहेको मायालु जोडी छुट्टीन मन त कस्लाई पो लाग्छ र ? तर जब छुट्टीनै पर्छ अनि काममा दिलै नबस्ने रहेछ । घरमा बसेर नपुग्ने भएपछि रेल चढेर दिल्ली वा मुम्बई जानुपर्ने नेपालीको बाध्यता छ ।

यही भावलाई टपक्कै टिपेर लोकदोहरी गायक सूदीप क्षेत्रीले गीति एलबम रेलको टिकटको म्यूजिक भिडियो बजारमा ल्याएका छन ।

डिजिटल स्टार पोखराले सार्वजनिक गरेको उक्त म्यूजिक भिडियोमा राजेश गिरी र बिमला बि.सी.को अभिनय रहेको छ । भिडियोका छायांकन, सम्पादन र निर्देशन रमेश रसाईलीले गरेका छन । तारानाथ आचार्यको एरेञ्ज रहेको गीतको लय र शब्द सूदीप क्षेत्री आँपैmले तयार पारेका छन भने गीतमा क्षेत्रीसंगै सरस्वती लामिछानेले स्वर भरेकी छिन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला