कुश्मा नगरपालिकाको भवन सार्न माग ।

ZEN Travels

पर्वत ।

कुश्मा नगरपालिका कार्यालय भवन सार्न कार्यपालिकाका सदस्यहरुले माग गरेको छन् । बिहिबार कुश्मा नगर कार्यपालिकाका सदस्यहरुले जिल्ला समंन्वय समितिका प्रमूख मनोहर वि पौडेललाई यस्तो माग गरेका हुन । मनोहर वि पौडेलले सवैसंग छलफल गरेर कार्यालय भवनको व्यवस्थापन गरिने आश्वासन दिए ।

हाल कुश्मा नगरपालिकाको कार्यालय एकता चोकवाट समन्वय समिति वा प्रशासन भवन आसपासमा हुनु पर्ने माग रहेको छ । कुश्मा नगरपालिकाका प्रशासकिय अधिकृत सुवास कुमार लामिछानेले भने,‘ हाल रहेको नगरपालिकाको भवन साघुँरो हुँदा कार्य सम्पादन गर्न समस्या छ । नगरपालिकाले प्रशासन फाँट,कृषि,पशु,शिक्षा,स्वास्थय लगायतका कार्यलयका काम एउटै भवनवाट गर्न नसकेको जनाएको छन् । विभिन्न्न शाखामा सेवाग्राहरु आउँने हुदाँ जनघनत्वको समेत चाप छ ।

कुश्मा नगरपालिकाको आर्थिक फाँटमा झन व्यथीती छ । आर्थिक फाँटको सानो कामलाई महिना सम्म लाग्छ ।
कुश्मा नगरपालिका अन्तर्गतका विभिन्न कार्यालयहरुका बिबिध शिर्षकका कामका फाईलहरु व्यवस्थीत हुन पनि ग्राहो छ । सेवाग्राही कुल प्रसाद पोख्रेलले भने,‘सेवा लिन जाँदा झनझन समस्या भोग्नुपर्छ । पोख्रेलले भन्छन् कार्यपालिकाले भवनको व्यवस्थापन छिट्टै गर्नुपर्छ । सदस्यहरुले समन्वय समितिमा सार्दा कुश्मा बजारको समेत चहलपहल बढ्ने बताए ।

यस्तै कुश्मा नगरपालिका मेयर वडाध्यक्ष लगायतले यही साउन १५ सम्म कार्यलय स्तान्तरण गरि सहज ठाउँ दिलाउनु पर्ने माग राखेका छन् । उनीहरुले समंन्वयको भवन सहज नभए खारेज भएका खालि रहेका कार्यालयका भवनहरु नगरपालिकालाई दिनुपर्ने माग राख्दै आएका छन् ।

कुश्मा नगरपालिका कार्यालयको भवन साँघुरो हुदाँ सेवाप्रवाहमा समेत कार्मचमरीहरुले सास्ती भोगेका छन् । गाउँगाउँवाट आउने सेवाग्राहीहरुले नगरपालिकाको कार्यालय अन्तर्गतका विभिन्न शिर्षकहरुका कार्यालयका शाखाहरु फाँटफाँटको रुपमा स्थापना गर्न आग्रह गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला