सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतको चौंथो पदस्थापना सम्पन्न

ZEN Travels

पर्वत ।

प्रहरी र नागरिकहरूबीचको सम्बन्धलाई सुमधुर बनाउँदै समाजमा शान्ति र न्याय स्थापना गर्ने उद्देश्यले गठन भएको सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतको चौंथो पदस्थापन कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।

नबनिर्वा्चित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र सहित पर्वतका प्रहरी नायव उपरिक्षक दिलीप घिमिरेले सपथ ग्रहण गराएका थिए । उपरिक्षक घिमिरेले प्रहरीलाई नागरिकमैत्री बनाउन सामुदायिक प्रहरी सेबा केन्द्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने,‘ पर्वतमा गठन भएको सामुदायिक प्रहरी सेवा केन्द्रमा जिल्लाका लब्धप्रतिष्ठित व्यक्तिहरू र समाजले विस्वास गर्ने व्यक्तित्वहरूको संलग्नता रहेकोले अपराधरहित समाजको स्थापना गर्न पर्वत प्रहरीलाई निकै सहयोग पुगेको दावी गरे । । घिमिरेले सामुदायिक प्रहरी सेवा केन्द्र पर्वत नेपालका उत्कृष्ठ काम गर्ने मध्यको संस्था भएको वताउँदै यस समाजलाई जिल्लाका सातै स्थानीय तहमा विस्तार गर्न शुभकामना दिएका छन् ।

पदस्थापनपछि बोल्दै नवनिर्वा्चित अध्यक्ष शिवप्रसाद सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्रलाई अझै प्रभावकारी बनाउन र संस्थाको गरिमालाई उचो पार्न आफू विगतमा भन्दा अझै सक्रियतापूर्वक लाग्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।
पदस्थापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष भोलानाथ शर्मा,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी,संस्थाका सल्लाहकारहरू काशीकुमार जोशी ,बसन्तबहादुर सिके र निर्वाचन समितिका सदस्य डा चूडामणि शर्मा लगायतले नवनिर्बा्चित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका नवनिर्वा्चित अध्यक्ष शिबप्रसाद सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष मानकुमारी गिरी ,सचिव राजन जोशी लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला