जनताको घर घरमा पूर्व सांसद अर्जुन जोशी,असहाय र रोगीलाई आर्थिक सहयोग गर्दै

ZEN Travels

पर्वत ।

पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर मृगौला पिडित ,मूटूरोगी लगायतकालाई सहयोग हस्तान्तरण गर्नु भएको छ । शेर वहादूर देउवा सरकारको वेला मन्त्रिपरिषदले पूर्व सांसद अर्जुन जोशीको पहलमा भएको निर्णय वमोजिम पर्वतका एक दर्जन भन्दा वढि दिर्घरोगीहरुले सहयोग प्राप्त गरेका छन् ।

पूर्व सांसद जोशीले कूश्मा नगरपालिका वडा नं ८ चूवा निवासी ५ वर्षिय मृगौला रोगी प्रमोद परियारलाई शूक्रवार विहान एक कार्यक्रमका विच एक लाख रुपैयाको चेक वालकको घरमा नै पूगेर हस्तान्तरण गर्नु भएको हो । उहांले वालकको परिवारको वास्ताविक अवस्था वूझेर वडा अध्यक्ष राजकूमार क्षेत्री वडा सदस्य शूरेन्द्र केसी लगायतको अनूरोधमा तत्कालिन शेर वहादर देउवा सरकारको क्याविनेट वाट निर्णय गराई सहयोग गर्न सफल भएको जानकारी दिनू भयो ।

उहांले यस्ता सहयोग सिंहदरवार वरीपरि वस्ने,पहूचवालाले मात्र लिने गरेकोमा मैले वास्तविक पिडित दूरदराजमा वस्ने पहूचविहिनले सेवा पाउनू पर्दछ भन्ने धारणा राख्दै आएकोमा तत्कालीन सरकारले वूझी निर्णय गरेको जानकारी गराउदै यस रकम वालकको उपचारमा नै खर्चहूनेमा आशा व्यक्त गर्नु भयो । यस वडाका मृगौला पिडित थमन वि क,अनिल वि क लगायतले पनि यस भन्दा अगाडी एकलाख रुपैया सहयोग प्राप्त गरेको समेत जानकारी गराउनू भएको थियो ।

उक्त सहयोग रकमको चेक लिदै मृगौला पिडित वालक प्रमोद परियारकी आमा कल्पना परियार खुशि हूनु भएको थियो । उहांले दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएको परिवारमा लाखौ रुपैया जम्मा गरेर उपचार गर्नु कल्पना वाहिराको कूरा भएको वताउनू भयो । मेरो वच्चालाई यसरी लाखौ रुपैया घरमा नै आएर सहयोग गरेर वचाईदिनू भएको भन्दै पूर्व सांसद लगायत सवैलाई धन्यवाद दिनूभएको थियो । उहांको २ वटा वच्चा रहेका छन् । मृगौला रोगी वालक प्रमोद परियारको वावा तिलक वहादूर परियार दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्दै आउनू भएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष राजकूमार क्षेत्रीले चूनावमा पराजित भए पनि जनताको घरमा नै आएर सहयोग हस्तान्तरण गरिदिनू भएकोमा वडावासीको तर्फ वाट पूर्व सांसद तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी प्रती आभार व्यक्त गर्नु भएको थियो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका वडा नं। ८ का वडा सभापती देवी प्रसाद पोख्रेल,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,वडा सदस्यहरु सूरेन्द्र के सी, कृष्ण वहादूर घर्ति,निर्मला शर्मा,सीता समून्द्रिया लगायतको उपस्थिति रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला