वीपीका उपन्यास पनि प्रेरणा हुन् अनूसरण गरौं – लक्ष्मी पाण्डे

ZEN Travels

काठमाडाैं ।

साहित्यमा मनोविश्लेषणवादी र अस्तित्ववादी स्रस्टाका रूपमा विश्वेश्वरप्रसाद कोइरालाको गरिमामय अद्वितीय स्थान छ। वहुआयामिक प्रतिभाशालि, युग व्यक्तित्व,देशप्रेमी, एसियाका तारा,विशिष्ट राजनेता विश्वश्वरप्रसाद कोइरालाले नविन रूपरचना,फरक मानव चिन्तन र विविध मुल्यमान्यतालाई आफ्ना रचना मार्फत औपन्यासिकतामा ढाल्नु भएको छ।

विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१(२०३९) को साहित्य सृजनशिलता र चिन्तन नेपाली साहित्य इतिहासको अजर अमर पाटो हो । राजनितिक र साहित्यिक दुई विषयका एउटै तारा हुन वि पी कोइराला मनोवैज्ञानिक कथाकार भनौ वा वैचारिक उपन्यासकार वा प्रजातान्त्रिक समाजवादी राजनितिक चिन्तक वर्तमान समयमा पनि कोइरालाको महत्व उस्तै छ।

कोइरालाले आफ्नो सम्पूर्ण जीवन नेपाली समाज, राजनिति र साहित्य सेवामा समर्पण गर्नु भएको थियो। मनलाई जेलका चार पर्खालले रोक्न सक्दैन। कारावास जीवनमा पनि नेपाली सामाजिक अबश्थाका मनोवैज्ञानिक कथा र चिन्तनमूलक वैचारिक उपन्यासहरू लेखिरहनु भयो।बहुमुखी साहित्य प्रतिभा विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यका कविता, जीवनी, निबन्ध विधामा पनि कलम चलाउनु भएको थियो। तर उनी मूलतः आख्यानकार हुन्। कलापूर्ण अभिव्यक्तिसँगै आधुनिक नेपाली कथामा नविन मनोवैज्ञानिक धारा र प्रवृत्तिहरूको प्रवर्तन गदै कोइरालाले नेपालि जीवनका सवै क्षेत्रमा स्पष्ट दृष्टि निर्माण गर्नुभयो।

पूर्वीय पाश्चात्य चिन्तन र साहित्यको अध्ययनबाट कोइरालामा स्पष्ट दृष्टिको विकास भएको हो। बिपी कोइरालामा आध्यात्मिक दृष्टि प्रकृतिवाद र नियतिवादमा आधारित रहयो भने आर्थिक दृष्टि समाजवादमा विश्वस्त हुनुभयो। समाजलाई परिवर्तन गर्ने दृष्टिले समाजवादलाई राजनीतिक अस्त्रको रुपमा लिनुभयो भने कोइरालाले मानव मनमुटु पुग्न फ्रायडवादी दृष्टिकोण प्रयोग गर्न सफल हुनुभयो। राजनीतिबाट प्रजातन्त्रमा विश्वास राख्दै वी. पी. कोइरालाले कानुनी राज्य र सामाजिक न्याय कुरालाई संधै आत्मसात गर्नुभयो। धार्मिक , जातीय तथा साँस्कृतिक दृष्टिले सबै धर्म, जाति र संस्कृतिको विश्वास गर्दै कोइरालाले साहित्यका माध्यमबाट मानव अनुभूतिको विस्तार र सौन्दर्यलाई महत्व दिनुभयो।

साहित्यकार बिपी कोइरालाले कथा, कविता र निबन्ध लेखन पछी मात्र बि. सं. २०१७(२०२५ बिचमा उपन्यास लेखनमा सफलता प्राप्त गर्नुभयो। यसै समयमा वी. पी. कोइरालाले ६ वटा उपन्यास लेख्नुभयो। कोइरालाले ३ दिनदेखि ८ दिनसम्ममा उपन्यास लेख्नु भयो। प्रकाशित भएको पहिलो उपन्यास तिन घुम्ती (२०२५) हो भने पछिल्लो उपन्यास बाबु , आमा र छोरा (२०४५) हो ्र नरेन्द्र दाई (सन् १९७०), सुम्निमा (२०२७), मोदिआइन (२०३६) र हिटलर र यहुदी (२०४०) मा आएको उपन्यासहरु हुन्।

वी. पी. कोइरालाका उपन्यास यात्रालाई विभिन्न तिन चरणहरूमा बाड्ने हो भने पहिलो चरण सामाजिक, दोस्रो साँस्कृतिक र तेस्रो पौराणिक गिता दर्शनमा आधारित पाउन सकिन्छ। तिन घुम्ति उपन्यास नारी संवेदनामा नरेन्द्र दाई र बाबु,आमा र छोरा मानवनियतिमा आधारित वी. पी. का सामाजिक उपन्यासहरू हुन्। साँस्कृतिक उपन्यासको रूपमा सुम्निमालाई लिन सकिन्छ। पौराणिक गिता दर्शनमा आधारित देशको सन्दर्भमा मोदिआइन र अन्तराष्ट्रिय सन्दर्भमा हिटलर र यहुदीलाई लिन सकिन्छ।

कथा भनेको जीवनको घटनाहरूको अटुट प्रवाहबाट अँजुलिमा झिके जस्तो सानो प्रसङ्गयुक्त घटनको वर्णन हो। भन्ने विश्वेश्वरप्रसाद कोइरालाले कथामा आदी अन्त हुदैन भन्नुभएको छ किनभने कथा त जीवनको वृहत अनन्त क्रमबाट टिपेको सानो टुक्रा हो ।लेखनमा भाषा सरल र सहज हुनुपर्छ। वाक्य विन्यासमा पनि सरलता र सहजता चाहिन्छ। परिवेश र पात्रको चरित्रमा चारित्रिक जीवनता चाहिन्छ अनि मात्र लेखक सफल मानिन्छ। वी. पी. ले उपन्यासलाई वैचारिक कृति मान्दछन्।

साहित्यकार कोइरालाले मानव जिजीबिषा महत्व दिंदै स्वतन्त्र चिन्तनलाई मूल आधार मान्नु भयो। नेपालप्रति कोइरालामा अगाध प्रेम थियो। नेपाली जाति, संस्कृति र भाषाप्रति उनको सम्मानले यो कुरा बुझ्न सकिन्छ। कथा घटना संयोजन र प्रस्तुतीकरणमा सरलता ,सहजता , संक्षिप्तता ,सघनता, आलंकारिता, पूर्णता उपन्यासकार कोइरालाका बिशेषता हुन्। मानवमा जिउने इच्छा र अस्तित्वलाई कलात्मक सौन्दर्य प्रस्तुत गर्नु कोइरालाका उपन्यासका परिचय हो।

तिन संकटको तीन घुम्तीमा कोइरालाले नारी जीवनमा आइपरेका समस्याको चित्रण गर्नु भएको छ्र प्रेमिका , भार्या र माताका घुम्तीहरु पार गरेर इन्द्रमायाले उपन्यासमा सामाजिक, साँस्कृतिक र मानवीय बिद्रोह गरेकी हुन्छे। नारी अस्तित्वको खोजको एक शसक्त उपन्यास हो तीन घुम्ती कहिलेकाही मानवनियती एकअर्कालाई बाच्न पनि दिदैनन् स्वयम पनि खुशी हुँदैनन्। मानवनियती एक उपन्यास हो नरेन्द्र दाई,्र नरेन्द्र दाई , गौरी, मुनरिया कोहि दोषी हुन्नन् तर पूर्णता दोषी बनेका हुन्छन्।

आदर्शमा लक्ष्य हुनुपर्छ भन्ने साहित्यकार कोइरालाले सुम्निमा उपन्यास मार्फत “सर्बधर्म समन्वय “ लेखकीय दर्शनलाई किराती कथामा आधारित भएर जातीय, साँस्कृतिक, भाषिक र मानबिय सह–अस्तित्वको कलात्मक सन्देश दिनु भएको छ।

कोइरालाका मोदिआइन तथा हिटलर र यहुदी उपन्यासहरु गीता दर्शनमा आधारित छन्। हिटलर र यहुदी उपन्यासले यूरोप र एसियाको सन्दर्भ लिएको छ, भने मोदिआइनले नेपाल भारतको सन्दर्भ जोडिएको छ ्र यो उपन्यासले ठुलो होइन, असल मान्छे हुन हामीलाई सन्देश दिएको छ। कोइरालाले उपन्यासमा गीताको अभिप्राय धर्मंबाद–कर्मबाद र कर्तव्यबढको रुढ अर्थमा होइन, नियतिवादको यथार्थ अर्थमा स्विकार्नु भएको छ। नियतिको दास मानिस ुनसुकै निर्णय लिन बाध्य हुन्छ। कठोर मानवनियतिका निर्देशनका परिणामहरु थिए–महाभारत युद्ध, हिटलरबाद र यहुदीबाद ।

साहित्यकार वी. पी. कोइरालाले उपन्यास बाबु,आमा र छोरा को नाम त्रिभङ्गाउमा राख्नु भएको थियो तर पछी प्रकाशित हुँदा सो नामले भएको बुझिन्छ। प्रस्तुत उपन्यासमा उमाले जीवनमा भोग्न बाध्य हुनुपरेको प्रेमिका, भार्या र माताका मोडहरुलाई नियतिको दुखसुख भङ्गीमाहरुलाई स्वीकार गर्न विवश हुन्छे। तसर्थ बाबु, आमा र छोरा उपन्यास कोइरालाको नियतिबादी जीवनदृष्टिलाई कलात्मक प्रस्तुति दिनु भएको छ।

वी. पी. कोइरालाले प्रजातान्त्रिक समा जबादी राजनीतिक चिन्तक र विश्लेषक हुन् भने उनकै शब्दमा अराजकताबादी सहित्य स्रष्टा हुन् दर्शन, विचार, समाज, संस्कृति, कला र मूल्यमान्यतालाई कला अनुशासनमा रुपान्तरण गर्नसक्नु कोइरालाको विशिष्ट पक्ष हो। यसर्थ कोइरालाको योगदानले उनका हामी अनुयायीहरुलाई मानवीय मुल्यबोधको औपन्यासिक प्रेरणा प्राप्त भएको छ।

(लेखक नेपाली कांग्रेसका काेषाध्यक्षहरूकाे राष्ट्रिय समहासचिव तथा कास्कीकी कोषाध्यक्ष हुन्)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला