अव हामीले रेलको सपना देखौं, घर घरमा ग्याँस पाईको सपना देखौं , ओली सरकार आउँदै हुनुहुन्छ –नेता जोशी ।

ZEN Travels

पर्वत ।
नेपाली काँग्रेसका केन्द्रि सदस्य तथा पूर्व सांसद अर्जुन प्रसाद जोशीले अव हामीले रेलको सपना देख्औं,घर घरमा ग्याँस पाईको सपना देख्औं ओली सरकार आउँदै हुनुहुन्छ भन्ने उद्घोष गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केपी ओली सरकारलाई सदनमा जनताले दिएको दुईतिहाई बहुमत सडकबाट फिर्ता लिनसक्ने खतरा बढेको बताउनुभएको छ । सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको सभाहल शिलन्याससँगै शंकरपोखरीमा आईतवार आयोजना गरिएको ३६ औं वीपी स्मृति दिवस कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताउनुभएको हो ।

नेता जोशीले नेकपाले चुनाबअघि जनतालाई उधारो सपना बाँडेर ल्याएको बहुमतलाई ६ महिनासम्मपनि टिकाउन मुस्किल भएको उल्लेख गर्दै बहुमतको दम्भले केपी ओलीलाई अवशानको बाटोतर्फ डोर्याईरहेको दावी गर्नुभयो । जनतालाई ढाँटेर र  भ्रम छरेर चुनाब जित्न त सजिलो होला तर धेरै समय टिकाउन सकिन्नस अहिले ओली सरकारलाई चुनाबअघिको उधारो सपना गलपासो भइरहेको छ । नेता जोशीले भन्नुभयो । उहाँले हिंसात्मक अभिमुखिकरणबाट आएकाहरू कहिल्यै पनि लोकतन्त्रबादी हुन नसक्ने दावी गर्दै ओली अधिनायकविरूद्धको जनमत अहिले देशैभरि बढिरहेको वताउनुभयो ।

अब ओलिसँग कित सच्चिने कित सकिने भन्दा अर्को विकल्प छैन । जोशीले भन्नुभयो ।  तर नेपाली काँग्रेस ओलि सकिने होइन सच्चिउन भन्ने चाहन्छ । नेता जोशीले कम्युनिष्टहरूको घर त भत्किने निश्चित भएको भन्दै उनीहरूको घर भत्किँदा त्यहाँ ओत नपाएका धेरै जनतालाई ओत लाग्न हाम्रो आफ्नो घर बलियो बनाउन जरूरी रहेको वताउनु भयो । उहाँले अब काँग्रेसभित्र संगठन शुद्धिकरणरको अभियान आवस्यक रहेको वताउँदै गाउँगाउँबाट धेरै क्रियाशील बनाउनेभन्दा पनि निष्ठावान र असल कार्यकर्ता उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

पार्टीलाई ठूलो बनाउने नाममा फोहोर जम्मा नगरौं बरू संगठन सानो होस असल कार्यकर्ता निर्माण गरौं । केन्द्रीय सदस्य जोशीले भन्नुभयो । उहाँले वीपीको निष्ठास त्याग र दूरदर्शिताका कारण संसारले मानेको उल्लेख गर्दै वीपी कोइरालाको विचारलाई अंगिकार गरेर अघि बढ्न सबै कार्यकर्तालाई सुझाव दिनुभयो । नेता जोशीले सहिद हरिदत्त तिवारी र भोजराज भुषालजस्ता व्यक्तित्वहरूको रगत र बलिदानबाट सिंचित भएको शंकरपोखरीले भोलिका दिनमा सहिदलाई साक्षी राखेर संगठन सुदृढिकरणमा लाग्न अपिल गर्नुभयो ।

कार्यक्रममा सहिद हरिदत्त तिवारीका ज्येष्ठ सुपुत्र एवं काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले चुनाबमा भएको हारजितलाई लिएर पश्चाताप गर्नुभन्दा काँग्रेसको भोलिको भविस्यका लागि एकढिक्का भएर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भयो । तिवारीले पछिल्लो समयमा काँग्रेस कमजोर हुनुको मूख्य कारण कार्यकर्तामा अनुशासनहिनता बढ्दै जानु र पार्टी नेतृत्वको निर्देशन नमान्नु भएको उल्लेख गर्दै पार्टीको निर्देशन नमान्ने र सांगठानिक अनुशासन उलंघन गर्नेलाई अब कार्वाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी शुद्धिकरण नगरि सशक्तिकरण नहुने भन्दै गाउँगाउँबाट शुद्धिकरण र सशक्तिकरणको अभियान सँचालन गर्न सुझाव दिनुभयो ।

नेपाली काँग्रेस शंकरपोखरी वार्ड इकाई समितिका सभापति एवं फनपा ३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्कीको  सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सहारा वेगमस नेपाली काँग्रेस थापाठानाका सभापति थमानसिंह थापास नेपाली काँग्रेस आर्थरका सभापति रूद्रमोहन रिमालस नेपाल भूपू सैनिक संघ पर्वतका सभापति सु खड्कबहादुर कार्कीस साविक ८ नं वडाका वडा संयेजक बलबहादुर थापास नेका शंकरपोखरीका सल्लाहकार गणेशबहादुर थापास सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानका सचिव नरबहादुर थापास नेपाल शिक्षक संघ फलेवासका सचिव धनबहादुर थापास सहिदपुत्र एवं पार्टीका सल्लाहकार गिरीजाप्रसाद तिवारीस दलित प्रतिनिधि पबर्णबहादुर दर्जी र शिक्षक शिब पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य एवं पार्टी निर्मला रेग्मी र कार्यक्रमको संचालन पार्टी सचिव शिब तिवारीले गर्नुभएको थियो । काँग्रेस केन्द्रीय सदस्य जोशीले आफ्नो पहलमा नेपाल सरकारबाट उपलव्ध भएको ५० हजार रुपैयाँको चेक अति विपन्न प्रेमकली दर्जीलाई आजै हस्तान्तरण गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला