संगीता खड्काले दिईन इनास जर्मनीको संयोजकको पदबाट राजिनामा

ZEN Travels

स्विटजरल्याण्ड । बिगत लामो समय देखि युरोपमा बसोबास गर्दै आउनु भएकी कुसल तथा चर्चित कलाकार संगीता खड्काले इनास जर्मनीको संयोजक पद बाट राजिनामा दिनु भएको छ । सानै देखि कलाकारिता मा बिशेस रुचि राख्ने र नेपाली चलचित्र नमस्ते नेपालमा समेत आफ्नो अभिनय देखाईसक्नु भएकी कलाकार खड्काले प्रबासमा नेपाली कला सस्कृतिको जगेर्ना गर्न उल्लेख्य भूमिका निर्वाह गर्दै आउनु भएको छ । उही कुशल कलाकार खड्काले सामाजिक संजाल फेसबुक मार्फत राजिनामा दिनु भएको छ ।

राजिनामा पत्र जस्ताको तस्तै

 

सधै कला, संस्कृति, रितिरिवाज अनि नेपाली परम्परालाई माया गरेर, येहा जर्मनीमा हुने हरेक कार्यक्रमहरुमा सहभागी भइयो, त्यो भन्दा पनि बिगत ५ वर्ष देखि इनास जर्मनीको हरेक कार्यक्रमहरुमा प्रतक्ष्य अनि अप्रतक्ष्य रुपमा आफुलाई सहभागी गराउदै आए, कहिले पनि कुनै पनि बिगतका बेक्तीहरु बाट समस्या आएन, मिलेर एउटा परिवार जसरि बसियो, कुनै अप्ठ्यारा परिस्थितिहरुको सामना गर्नु परेन, गल्ति सबै बाट हुन्छ, म बाट पनि हुन्छ, कोहि पनि सक्षेम हुदैन, येदि गल्ति भएको छ भने अगाडी आएर बोल्न सक्ने हिम्मत राख्न जान्नु पर्छ, ४० वर्ष काटिसकेको मान्छे मेरो बुवा समान मान्छेले सबैको आगाडी मलाई इन्सल्ट गर्ने काम गरेको देख्दा र तेस्लाई इनास जर्मनीको पधातिकारीहरुले सहमत गरेर प्रोत्साहन गरेको देख्दा अचम्म लाग्यो…. येहा ३० वर्ष संगत गर्यो भने विश्वास गरिदो रहेछ चाहे त्यो मान्छे झुटो होस् वा सहि…. हामी उमेरमा साना छम हामीलाई सिकाउनु साटो दोष लगाएर उनीहरुको गल्तीमा ढाक छोप गरिदो रहेछ…..आफुले कानले सुनेको कुरा अनि आँखाले देखेको कुरालाई साबित गर्नु पर्छ जस्तो लाग्दैन, कला, संस्कृति त नाम मात्र रहेछ विदेशमा राजनीति गर्नको लागि, अनि चापलुसे हरुको चाकडी गर्नको लागि….. कला संस्कृतिको नाममा युवा पिडि हरुलाई सदुपयोग गर्न बन्द गर्नुस येदि त्यो युवापिदिको कामको कदर गर्न आउदैन भने…..

बोल्ने तरिका सिक्नु पर्छ अधक्ष्य , अनि अन्य पद समालेर बसेपछि, चित्त नबुझेको कुरा भन्न पाउने सबैको अधिकार छ, कसैलाई पनि कसैको बेइज्जत गर्ने अधिकार छैन, बृध भनेर सम्मान दिदा तेही बृधले नराम्रो गर्न खोज्छ र उसको साथमा संघस्थाको अरु जिम्मेबार बेक्तीहरुले पनि चापलुसी गर्छन भने त्यो बृध हैन संघ्स्था गलत हो तेसैले म तेस्तो संघ्स्थामा बस्न चाहदिन जहाँ उमेरको, पैसाको, चिनेको, अनि संगत गरेको हिसाबले मान्छेको कुरालाई विश्वास गरिन्छ अनि युवा पिडिहरुलाई दुख दिनेगरिन्छ

हुनत यो सब लेख्दा जसलाई घात पर्छ उसले बिरोध गर्छ तर म डरआउदिन र अत्तिन्न पनि, आफु संग खुबी छ अनि आफुमा विश्वास छ तेसैले देशलाई चिनाउनको लागि कुनै संग संगठन चाहिदैन, मन नेपाली हो, आत्मामा सधै नेपाल छ, जोस छ अनि जागर सधै छ, मिले प्रस्ताब आउछ, नमिले थुप्रै कामहरु आफैले गर्न सक्ने आट र सहास छ, तर गलत कुरामा साथ् दिने चलन छैन चाहे त्यो जो सुकै होस्… तेसैले म संगीता खड्का इनास जर्मनीको संसृतिक संयोजकको पद बाट राजिनामा दिन्छु आज मिति २३-०७-२०१८ बाट.

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला