बारगिनिङ पछि डियसपी र सहि मिलेर २ लाख घुस लगेको आरोप

ZEN Travels

सम्राट सिंह
बझाङ १२ साउन जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक (डियसपी) र प्रहरी नायव निरिक्षक (सहि ) दुवै मिलेर स्थानिय होटल संञ्चालकबाट २ लाख घुस लागेको आरोप छ । जयपृथ्वी नगरपालिका ८ सिमखेतमा रहेको होटल एमडि प्लाजाका संञ्चालक सुवास जोशीबाट बझाङका डियसपी क्रृषिराम कडेल र मुद्घाफाट समालि रहेका सहि रणधिर जैसी मिलेर२ लाख घुस लगेको आरोप लागेको हो ।सिमखेतमा होटल संञ्चालन गर्दै आएका सुवासलाई यौन धन्दा गराएकोे भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले एक रात प्रहरी हिरासतमा राखी नगद २ लाख रुपियाँ घुस लगेर भोलीपल्ट छोडेको एक प्रहरीले ले जनाएको छ ।

विगत ९ महिना देखि होटल व्यवसाय गरिरहेका जोशीलाई प्रहरीले पक्राउ गरेपछि किन पक्राउ ग¥यो भन्ने बारे स्थानियबासी को ध्यान जिल्ला प्रहरी कार्यालयमा नै केन्द्रित थियो । प्रहरी हिरासत भित्र रहेका सुवासले टेलिफोनबाट मसँग खातामा १ लाख मात्र छ प्रहरीले ५ लाखको बारगिनिङ गरेको छ बाँकि तपाइले सापटी दिएर मलाई केश लाग्नबाट बचाउनु प¥यो भनि पटक पटक आफ्ना साथी तथा स्थानिय व्यापारी सँग कुरा गरेका छन ।

प्रहरीले ५ लाख रुपियाँ दिए छोड्ने नत्र मुद्घा लगाउने भन्दै पटक — पटक धम्की दिएपछि आफुले जोहो गर्नसक्ने २ लाख घुस दिन बाध्य भएको होटल संञ्चालक जोशी बताए । सुरुमा ५ लाखबाट बारगिनिङ सुरु भएको तर आफुले यती ठूलो रकमको जोहो गर्न नसक्ने भनेपनि अन्तिममा २ लाखमा कुरा मिलेको उनको भनाइ छ ।

एक दुई जना यस्ता घुसखोरी प्रहरीले गर्दा नेपाल प्रहरी नै बदनामित हुनु परेको छ । यो घटना त नमुना मात्र हो भन्छन स्थानियहरु रु बजार क्षेत्रमा जुवाको विगबिगी छ, राती हिड्ने मानिसहरु लुटिएका छन, चोरी डकैतीका घटनामा बृद्घि भएका छन खै त यस्ता घटना नियन्त्रण गर्न प्रहरी सक्रिय भएको यो जनामानसको पश्न हो ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डियसपी क्रृषिराम कडेल ले भने यो केशको बारेमा आफुलाई केहि जानकारी नभएको र आफुले रकम पनि नलिएको बताएका छन । उनले होटल संञ्चालक जोशीलाई अनुसन्धान पछि छोडेको जानकारी दिए । घटनाको थप अनुसन्धान गरी प्रहरीले नै जनतालाई दुःख दिएर रकम असुली गर्ने जस्ता क्रियाकलापमा सहभागी भएको आधार पुष्टि भए कडा कारबार्हि गरिने प्रदेश नम्बर ७ का निमित्त प्रहरी प्रमुख एसएसपी बिक्रम चन्दले बताउँनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला