रातमा कुकुर रोए किन अशभु संकेत मानिन्छ ? यस्तो छ कारण

ZEN Travels

यो कुरा जानकारीमुलक भएकोले सक्दो शेयर गरिदिनुहोला। नेपाली धर्म र परम्परालाई मान्ने हो भने हाम्रा समाजमा रहेका कयौँ बस्तुहरु छन् जसले जीवन र मृत्युका संकेतहरु दिइनै रहेका हुन्छन् ।

परापूर्वक कालदेखि पुर्खाहरुले अनुभव गर्दै आएका कति घटनाहरुले ति मान्यताहरुलाई प्रमाणित समेत गरिदिएको छ ।

हाम्रो टोल छिमेकमा सजिलै भेटिने र घरमा पालिने कुकुर तथा बिरालो हामीमध्ये कतिपयलाई असाध्यै मन पर्छ भने कतिपयलाई देख्दैमा रिस उठ्छ । अझ बिरालोले बाटो काट्दा अनि कुकुर रुदाँ हामीमध्यै धेरैले तिनिहरुलाई लखेट्ने गर्दछौ ।

यिनिहरु रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ ।

तर के तपाइलाई थाहा छ आखिर कुकुरहरु किन ठूला स्वरले भुक्ने तथा रुने गर्दछन् ?

वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । आफ्नो पीडाको र दुखका कारण कुकुर प्राय रुने गर्दछन् ।

कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् ।

एक्लै रहन मन नगरेर कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ ।

जब कुनै कुकुर आफ्नो साथीलाई आफू बसेको स्थानको सङ्केत दिन तथा खोज्न चाहेमा त्यो ठूलो स्वरले रुने तथा कराएर सन्देश छोड्ने गर्दछ र उसको साथीले पनि भुकेर तथा रोएर जवाफ दिने गर्दछ ।

इलाकामा हक जमाउन जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् ।

तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्को इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ ।

रिसको झोकमा कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् ।

आउँदो दिनमा हुने विपतिको सङ्केत दिन कुकुर, बिरालो एवम् जुनसुकै जनावर होस् यिनिहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् ।

जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला