फ़ूकूओका जापानमा नेपाली बिध्यार्थीलाई लक्षित गरी स्युसोकुका नेपाली कम्पनी

ZEN Travels

सुजन केसी, जापान ।

जीवनलाइ सुन्दर बनाउने सपना बुनेर परदेशी भुभाग जापानमा पुगेका नेपाली बिद्यार्थीका लागि खुसीकाे खबर अाएकाे छ । जापानमा रहि पार्ट टाइम कामको अभाव, भोकेसनल कलेज, बिश्व बिध्यालय एव् नेपाल देखी ब्याचलर उत्तीर्ण गरी जापानमा आफ्नो भाबिस्य (स्युसोकु) गर्न खोजीरहेका नेपाली बिध्यार्थीलाई लक्षित गरी वर्ल्ड ब्रिज (world bridge) को बिधिगत रूपमा सुभारम्म भएको छ ।

पछिल्लो समय नेपाली यूबाहरूको आकर्षक गन्तब्यमा रहेको जापान आउने बिध्यार्थीको संख्या बढेसंगै बिभिन्न अबसर र चुनौती पनि थपिदै गएका छन । भाषा ज्ञानको अभावसंगै उचित परामर्शका कारण थुप्रै नेपाली बिध्यार्थीको भबिस्य अन्योलमा परेको छ। यस्ताे अबस्थामा हालै मात्र स‌ञ्चालनमा अाएकाे वर्ल्ड ब्रिज (world bridge) ले नेपाली बिद्यार्थीको समस्याहरु समाधान गर्ने बताइएकाे छ ।

यी यस्ता थुप्रै समस्यामा रहेका नेपाली बिध्यार्थीको समस्यालाई नजिकबाट नियालीरहनु भएका बिगत १ दशक अघि देखी जापानको फ़ूकूओकामा रहि बिभिन्न संघ संस्थामा रहि काम गर्नु भएका समाजसेबी ब्यापारी तथा एन.आर.एन क्यूसु जापानका समयोजक लक्ष्मण बानिया र केही जापनिजहरूसंग मिलेर वर्ल्ड ब्रिज (world bridge) को स्थापना गरेका हुन। वर्ल्ड ब्रिज (World bridge) खुले संगै जापानमा आफ्नो उज्वल भबिष्यसंगै स्युसोकु खोजी रहेका बिध्यार्थीलाई टेवा पुग्ने संचालकहरूले बिश्वास लिएका छन । बानिया भन्नुहुन्छ हामी नेपालीहरु कहिले काहि सामान्य बिषयमा निकै चिन्ता लिन्छाै‌ साथै सामान्य बिषयमा पनि निकै खुसी हुन्छाै‌ यसलाइ ध्यानमा राखेर हामीले नेपाली बिद्यार्थीको समस्या समाधानकाे लागि जापनिजहरूसंग मिलेर वर्ल्ड ब्रिज (world bridge) को स्थापना गरेकाे बताउनु भयाे ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला