होसियार ! हार्मोनको गडबडीले पुरुषलाई पनि सताउँछ

ZEN Travels

–इच्छा गुरुङ

हार्मोनको चर्चा हुनासाथ सामन्यतया महिलाको बिषय भन्ने आमधारणा रहेको पाइन्छ । पुरुषमा हुने हार्मोनको गडबडीप्रति धेरैले त्यति वास्ता गरेको पाइदैन । तर पुरुष पनि हार्मोन असन्तुलनको शिकार बनिरहेका हुन्छन् । ३० बर्षभन्दा माथिका पुरुषहरुमा हार्मोनको कमी हुदै जाने गर्दछ । उक्त समयमा उनीहरुमा निराशा, स्वभावमा परिवर्तन, काममा थकान जस्ता समस्या देखिन सक्दछ ।

लक्षण

१. वजन बढ्नु :

जब शरीरमा टेस्टोस्टेरोन नामक पुरुष सेक्स हार्मोनको कमी हुदै जान्छ । तब व्यक्तिको वजन क्रमशः बढ्दै जान्छ । पुरुषको शरीरमा टेस्टोस्टेरोन कम भएपछि पाचनक्रृया कम हुदै जान्छ । बढि तनावको कारण शरीरमा कोर्टिसोलकी मात्रा बढ्ने हुदा शरीरमा बोसो बढ्दै जान्छ ।

२. यौन इच्छामा कमी :

पुरुषको शरीरमा टेस्टोस्टेरोन नामक हार्मोनको असन्तुलनको कारण शुक्रकिटको संख्यामा कमी हँदै जान्छ । टेस्टोस्टेरोन, लुटेनाइजिंग एवंम फोंलिकल स्टिमुलेटिंङ हार्मोनको मात्रा बढेमा पुरुषमा यौन इच्छामा कमी हुने चिकित्सकहरुले बताएका छन् ।

३. इरेक्टाइल डिसफङ्क्सन :

शरीरमा थाइराइड एवंम टेस्टोस्टेरोन हार्मोनको असन्तुलनले इरेक्टाइल डिसफंक्सन हुने गर्दछ । टेस्टोस्टेरोनको स्तरले तपाइको शरीरले आफ्नो कार्य कति गर्न सक्छ भन्ने निर्धारित गर्दछ । पुरुषमा प्रोलेक्टीनको मात्रा उच्च भए इरेक्टाइल डिसफङक्सन अर्थात लिंग उत्तेजित नहुने समस्या देखापर्दछ । प्रोलेक्टिन दूध उत्पादन गर्ने हार्मोन हो,जुन महिलाको शरीरमा बढि पाइन्छ । त्यस्तै पुरुषमा हुने पियुष ग्रन्थि सामान्य भएमा प्रोलेक्टिन कम उत्पादन हुने गर्दछ ।

४. थकान :

हार्मोन असन्तुलन भएका पुरुषहरुलाई रातमा ८ घण्टा निदाएर पनि थकानको महसुस हुने गर्दछ । शरीरमा टेस्टोस्टेरोनको मात्रा कम भएमा अनिन्द्रा, थकान महसुस हुने गर्दछ । तनाव बृद्धि हुदै गएमा पनि अधिक कोर्टिसोल उत्पादन भएर निन्द्राको चक्रलाई प्रभावित गर्दछ । जसले थकान र कमजोरी अनुभव गराउदछ ।

५. चिन्ता :

शरीरमा टेस्टोस्टेरोनको मात्रा कम भएमा पुरुषको स्वभावमा चिडचिडापन बढ्ने गर्दछ । थाइराइड ग्रन्थि अति क्रियाशील भएमा यस्तो समस्या हुने गर्दछ । यसको लागि परिवार तथा नजिकका साथीहरुले हौसला दिनु आवश्यक रहेको चिकित्सकहरु बताउछन् । पुरुषमा हुने हार्मोनको असन्तुलनलाई घरेलु उपायहरुबाट सन्तुलनमा ल्याउन सकिन्छ । त्यसकालागि केही उपायहरु विज्ञहरुले सुझएका छन् :

१. मकैको जराको चिया पिउनुहोस् :

मकैको जरामा एडाप्टोजेन्स तत्व हुन्छ,त्यसले पुरुषको सेक्स हार्मोनको उत्पादन बढाउदछ । मकैको जरामा पोटासियम, क्यालसियम, आइरन, आयोडिन, जिंक, फस्फोरस, स्टेरोल्स, फाइभर, प्रोटिनको मात्रा प्रचुर मात्रामा पाइन्छ । यसले शरीरलाई स्वास्थ्य राख्नुको साथै उर्जाको सञ्चार गर्दछ ।

कसरी बनाउने मकैको चिया ?

– एक कप आयुर्वेदिक चिया, दहि, एक चौथाई मकैको जराको पाउडर पानीमा घोल्ने ।
– उक्त मिश्रणलाई केही हप्तासम्म नियमित सेवन गर्दा फइदा पुग्दछ ।

२. सूर्यको प्रकाशमा बस्ने ।

पीयुष ग्रन्थीले मानव शरीरमा हार्मोनको उत्पादन गर्दछ । एक स्वस्थ शरीरमा भिटामिन डीको मात्राले प्रभावित गर्दछ । यसले एस्टा«ेजनको मात्रा घटाएर वजनलाई प्रभावित गर्दछ । भिटामिन डीको कमीले पाराथाइराइड हार्मोनलाई बाहिर निकाल्ने काम गर्दछ । जसले पीयुष ग्रन्थीलाई नकरात्मक असर गर्दछ । त्यसैले हरेक दिन विहान आधा घन्टा सूर्यको तापमा बस्नु लाभदायक मानिएको छ । त्यस्तै दूध, माछा, अण्डा आदिलाई भिटामिन डीको उत्तम श्रोत मानिन्छ ।

-एजेन्सीको सहयोगमा

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला