निजी कम्पनीलाई बीस लाख बन्ने भयाे अब ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो

ZEN Travels

काठमाडौं ।

सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला निजी कम्पनीले निर्माण गर्ने कार्यक्रमको स्टुडियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रकम दिएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

अर्थ मन्त्रालयको वेबसाइटमा विविध शीर्षकअन्तर्गत असार महिनामा भएको निकासा तथा रकमान्तरण विवरणमा नागरिक सरोकार विषयमा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष संवाद कार्यक्रमका लागि सेट निर्माणबापत २० लाख रकमान्तर गरिएको उल्लेख छ ।

सरकारी कार्यालयमा विभिन्न शीर्षकमा छुट्याइएको बजेटभन्दा बाहिर खर्च गर्नुपर्ने भएमा रकमान्तर गर्ने गरिन्छ ।

मन्त्रिपरिषद् कार्यलयले भने भौतिक सुविधा शीर्षकमा कार्यक्रमको सेट निर्माणका लागि रकम दिएको हो । नेपाल टेलिभिजन स्रोतका अनुसार टेलिभिजनभित्रै बनाइएको यस्तो स्टुडियोको स्वामित्व निजी कम्पनीमै रहन्छ र त्यतिका धेरै खर्च गरिए पनि उक्त स्टुडियो अन्य प्रयोजनमा उपयोग गर्न मिल्दैन ।

प्रधानमन्त्री प्रत्यक्ष उपस्थित हुने कार्यक्रम सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले उत्पादन र प्रसारण गर्ने यसअघिको परम्परा टुटाउँदै मन्त्रिपरिषद् कार्यालयले कथा नेपाल नामक निजी कम्पनीलाई निर्माण जिम्मा दिएको छ ।

कार्यक्रम उत्पादक संस्था कथा नेपालका प्रबन्ध निर्देशक एवं कार्यक्रम सञ्चालक मनोज पाण्डेले कार्यक्रम निर्माणमा सरकारी रकम प्रयोग नभएको जिकिर गर्दै स्टुडियो बनाउने खर्च पनि आफैं बेहोरेको दाबी गरे ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला