ओली सरकारले नेपाली जनता माथी सिधै अधिनायकवाद लाद्यो :नेता जोशी

ZEN Travels

पर्वत ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य  अजुर्न प्रसाद जोशीले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कुश्मा बजारमा ठूलो जनसागरका बिच बिरोध प्रदर्शनी गरिएको थियो । सभालाई सम्बोधन गर्दै उहाले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाउनु भयो ।


उहाले संवैधानिक व्यवस्थाअनुसार संसदमा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा व्यक्त गर्नु भयो ।

सरकारले नेपाली जनतालाई सिधै  अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो । उहाँले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने मुद्धा उठाउन थालेको छ ।त्यसैगरी पुर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेको बताउनुभयो ।

सो अवसरमा नेपाली काँग्रेस पर्वतका नेता तथा कार्यकर्ताहरुको बिरोध प्रदर्शनीमा सहभागिता रहेको थियो । गाउँगाउँवाट काँग्रेसका नेताकार्यकर्ताको बिरोध प्रदर्शनीमा सहभागिता थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला