महिलालाई अधिकार दिलाउन् पुरुषको पनि साथ चाहिँन्छ :काफ्ले

ZEN Travels

पर्वत ।

संघियता कार्यन्वयन भएसंगै स्थानीय सरकार र अधिकार स्थानीय स्तरमा गएको पनि झण्डै १५ महिनाको हाराहरीमा छ । विभिन्न क्षेत्रगत अधिकारका कार्य रगतिबिधीहरु जनप्रतिनिधिहरुले गरेका छन् । मूख्य समस्या प्राचिन समयदेखि महिला चुलोचौकोमा सिमितको अझै जिवित छ । कुश्मा नगरपालिकाको कार्यलयमा हरेक दिन अधिकांस महिला दिदि वहिनीहरु बिबिध माग लिएर आउँछन् । निवार्चनको घोषणपत्रमा महिला सम्मान र आत्मानिर्भर बनाउँने सपना अगाडी बढाउँने अठोट् पनि रहेको छ ।
यसै सन्र्दभमा समाधानकर्मी रामकृष्ण लामिछानले कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने संग गरेको कुराकानी यस्तो छ–

१.स्थानीय सरकार नहँदा महिलाहरुको अवस्था कस्तो थियो ?
–धन्यवाद प्रश्नको लागि । पहिला स्थानीय सरकार नहुँदा यहाँका महिला दिदिवहिनीहरु अधिकारवाट वञ्चित थिए । आफ्नो अधिकार खोज्न कहाँ जाने भन्ने सम्मको ज्ञानको अभावमा उनीहरु थिए । केही जान्ने बुझनेहरु माथीको माथी थिए ।तर,नजान्नेहरु चुलोचौकोमा सिमित थिए । घरयासीकामहरु गर्दै दिन काट्थे । अधिकार आफ्नो के हो ? कहाँ पाईन्छ भन्ने सम्मको ज्ञान प्रायमा थिएन् ।

२.महिलाहरु कस्तो माग लिएर आउँछन् ?
–जब संघियता कार्यन्वयन भई अधिकार स्थानीय तहमा आयो । उनीहरुले आफ्ना माग खोज्दै हामी माझ आउँछन् । उनीहरु कोही एकल महिला छन् । समाजमा अपहेलनाको शिकार बनेका छन् ,त्यस्ता महिला आँउछन् । उनीहरुले समाजमा सहजपनको माग राख्छन् । कति महिला दिदिवहिनी सिप सिकेर आत्मानिर्भर बन्ने तरिकाको खेजी लगायतका माग पूर्तीको अपेक्षा सहित आएका छन् ।

३.अब माग सम्बोधन कसरी हुन्छ ?
– हर्नेुहोस,नगरभित्रका १४ वटा वडामा महिलाहरु केही मात्रमा सक्षम छन् । उनीहरुले भाषणकला,होमस्टेको सञ्चालन कसरी गर्ने ,सीपमूलक तालिमहरु पनि प्राप्त गरिसेका छन् । अव बिस्तारै वडा र नगरपालिकाको क्षेत्रमा रहेर यो बर्ष हुदैं अनेक समयमा थप तालिम लिदै सक्षम हुन्छन्,अनि व्यवसाय समेत शुरु गर्न पहल हुन्छ । व्यवसाय शुरु गर्दा आवश्यक सामाग्रीहरु उपलव्ध गराउँछौं । सानो प्रयासवाट ठूलो उपलब्धी महिलाहरुमा दिने सोचमा हामी छौं ।

४.उनीहरु कहिले सम्म आत्मानिर्भर होलान् ?

हरेक कुश्मा नगरपालिकाका महिलाहरुले आत्मानिर्भर बन्ने सपना देखेका छन् । अधिकार सहितको स्थानीय सरकार आएको १५ महिना भयो । हामीले अवको बाँकी केही बर्ष भित्रमा उहाँहरुको ईच्छा र चहान पूरा गर्छौ । पाँच बर्षको कार्यकाल समापन्नको समयका उहाँहरु आत्मानिर्भर सहित स्वाभीमन् पूर्व रहेको देख्नुहुनेछ । महिलाहरुले हरेक समय बिभिन्न उद्यम,कलकारखान अधिकार र आर्थिक सहयमेग सहित सञ्चालन गर्न खोज्नुभएको छ । यी पूरा गर्न नसके हामी जनप्रतिनिधी भएको अर्थ के नै रहयो र ।

५.अन्तयमा महिलाहरुलाई केही भन्नु छ ?
पहिला त यहाँलाई धन्यवाद आम महिला दिदिवहिनी तथा दाजुसभाई समझ धराण पु¥याउने अवसर दिएकामा आभरी छु । हाम्रो सपनापूरा गर्ने मुख्य साहयता पुरुष पनि हो । महिला अधिकार खोज्न पनि पुरुषले सहयोग गरौं । अनि सुरक्षा महिला अधिकारको गारौं । हामी सवैे साझा प्रतिनिधीका हिसावले काम गर्ने क्रम्मा राजनितिक प्रतिरोध नराखौं ।काम गर्दा केही कमि कम्जोरी हुनसक्छन् । बिरोध भन्दा पनि सिर्जनात्मक सुझाव दिउँ । यहाँका महिलाहरु अझै पनि आफुलाई कम्जोर सुच्नुभएको छ भने,साथमा हामी छौं । जस्तोसुकै समस्या र संकटमा साथ दिन्छौं । नगरपालिकामा आएर लिखित अथवा मैखिक उजूरी दिनुहोस् समाधान हामी खोज्छौं ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला