पर्वत:पञ्चकोशी माबिमा चारकोठे पक्की भवनको शिलन्यास

ZEN Travels

पर्वत ।

कुस्मा नगरपालिका वडा नं १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्यको शिलन्यास गरिएको छ ।
जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतको सहयोगमा बन्न लागेको भवनको कुस्मा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले शिलन्यास गरेका हुन ।

जिल्ला शिक्षा तथा समन्वय इकाई पर्वतको ३६ लाख तथा बाँकी रकम बिद्यालयले सहयोग जुटाउने गरि ४१ रुपैयाको लागतमा भवन निर्माण हुन लागेको हो । पञ्चकोशी माबिमा निर्माण हुन लागेको यो भवन पहिलो पक्की संरचना हो । चारकोठे भवनको निर्माण कार्य पाँच महिना भित्रमा पुरा गर्ने लक्ष्यका साथ काम भैरहेको भवन निर्माण समितिका अध्यक्ष सुनिल थापाले बताए ।
भवन शिलन्यास गर्दै गदैै वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले बिद्यालयमा भौतिक संरचनाको निर्माण संगै असल नागरिक उत्पादनका लागि सहयोगी हुने बिश्वास ब्यक्त गरे । उनले भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा बृद्धि गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको कुरामा जोड दिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बिद्यालयले पर्वत जिल्लामा फरक हिसाबले शैक्षिक सुधारको अभियान शुरु गरेको बताउँदै कक्षा कोठा अभाबले समस्या सृजना भएकाले नयाँ भवनले त्यसको आवश्यकता पुरा गर्ने बताए । कुस्मा नगरपालिका र वडा कार्यालयबाट भवन निर्माणका लागि नपुग ५ लाख रुपैया बिनियोजन हुने बिश्वास बिद्यालयले लिएको उनले बताए ।
पञ्चकोशी माबिमा दुई बर्ष पहिले देखि मन्टेश्वरी र अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको छ भने सबै कक्षाकोठामा सिसी क्यामरा जडान गरि अनुगमन गरिदै आएको छ । बिद्यालयले ऐच्छिक बिषयको कम्युटर बिषयमा १० कक्षा सम्म अध्यापन गराउँदै आएको छ । बिद्यालय उत्कृष्ट शैक्षिक अभ्यास थालेको भन्दै यस बर्ष कुस्मा नगरपालिका नगर शिक्षा शाखाले उत्कृष्ट बिद्यालयको रुपमा सम्मान समेत गरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला