पर्वत :रक्तक्यान्सर पिडीतलाई दिपलक्ष्मीको सहयोग

ZEN Travels

पर्वत ।
पर्वतको कुस्माबजारमा सञ्चालित दिपलक्ष्मी महिला कृषि सहकारी संस्थाले रक्त क्यान्सर पिडीत बालकको उपचारमा आर्थिक सहयोग गरेको छ ।

सहकारीले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर कुस्मा नगरपालिका १४ का रक्तक्यान्सर पिडीत अर्जुन गौतमको उपचारका लागि १५ हजार ५ रुपैंया आर्थिक सहयोग गरेको हो ।
सहकारीका सदस्यहरुले दैनिक १ रुपैँयाका दरमा जम्मा गरेको क्लबकोषको रकमबाट पिडीत अर्जुनका दाजु गणेश गौतमलाई नगद हस्तान्तरण गरेको सहकारीले जनाएको छ । महिलाहरुले मात्रै सञ्चालन गरेको सहकारीको उद्देश्य नाफा कमाउनु मात्रै नभई सेव ागर्ने पनि भएकाले १४ बर्षिय रक्त क्यान्सर पिडीतलाई सहयोग गरिएको अध्यक्ष दुर्गा पन्त पाण्डेले जानकारी दिइन ।
अध्यक्ष दुर्गा पन्त पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सचिब चन्द्रा पौडेल क्षेत्रीले सञ्चालन र कोषाध्यक्ष माया गिरीले उद्देश्यमाथि प्रकाश पारेकी थिइन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला