एकदिवसीय क्रिकेटमा नेपाल पराजित

ZEN Travels

काठमाडौँ ।

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ ।

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३४ रनमा समेटियो । नेपालका लागि उप कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धर मराउन सुरु भएको थियो । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए ।

त्यसै गरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने राम्रो बन्न सकेन । पारस १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे ।

चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । आरिफ शेखर, सोम पाल कामी र वसन्त रेग्मी, करण केसी खाता नै नखोली आउट भएका हुन् ।
सन् दीप लामिछानेले एक रन जोडेका थिए । फिल्डिङ गर्दा औँलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु पनि नपालेकालागि दुर्भाग्य बन्यो । उनी जम्मा ४ रनमा आउट भएपछि नेपालको पारि सकिएको थियो ।
नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । यसै गरी सोमपाल कामी, वसन्त रेग्मी, करण केसी र सन् दीप लामिछानेले एक एक विकेट लिएका थिए । अर्को खेल शुक्रवार हुने छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला