स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

ZEN Travels

काठमाडौं-

नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भोलि साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले काँग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।

बैठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको मंगलबार निधन भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला