शिवाकोटीको छोरीको जन्मदिनमा छोरी उपहार

ZEN Travels

बार्सिलोना । युरोप को बार्सिलोना जस्तो अत्यन्तै ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय गायक तुलसि सिवाकोटीले ” प्यारी छोरी ” नामक गिति एल्बम बजारमा ल्याएका छन।

आफ्नै छोरिको जन्म दिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटी ले आफ्ना छोरिको लागी मात्र नभएर सम्पुर्ण छोरीहरुको लागी उपहार दिन खोजेका हुन् ।

हरेक बाबु आमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ। तर धेरै जसो हाम्रो नेपाली समाजको सोचाइमा भने छोरी भन्दा छोरा नै भै दिए हुन्थ्यो भन्ने गलत सोचाइ ले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलितपनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन आँखाको नानी हुन् भनेर छर्लङ्ग पारि दिएका छन् ।

यसु थापाको शब्द र निरज श्रेष्ठको संगीतमा रहेकोे यो गितले सम्पुर्ण दर्शक स्वर्ताहरु को मन जितेका छन् । थुप्रै किसिमका गितहरुमा आवाज दिएर सबै का मन जिति सकेका सिवाकोटी ले यस्पाली छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउदा मख्ख र खुशी देखिन्छन् ।

उनि गायक भन्छन् यो समाजले छोरालाई काखा र छोरीलाई पाखा गरेर हेर्ने दृस्ठिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पुर्ण छोरिहरुको लागी यो गित पस्कन पाउदा म अत्यन्तै गौरव र भाग्याशाली ठानेका छु । युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसन ले बजारमा आफ्नो युटूब चानल बाट रिलिज गरिएको छ  ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला