म्याग्दी बेनीमा १ सय ५० जनाको निशुल्क आयुर्वेद स्वास्थय शिविर

ZEN Travels

पर्वत ।

नेपाल आयुर्वेद स्वास्थय समाज  धौलागिरी अञ्चल कमिटिले म्यादी बेनी ग्लेश्वरमा निशुल्क आयुर्वेद स्वास्थ शिविर समपन्न गरेको छ ।

बेनी नगरपालिका ग्लेश्वर घतान्को शिवालय मन्दिर आश्राम,शालिग्राम गण्डकी वेद्का विद्यार्थीहरु सहित आसपासका करिब १ सय ५० जनालाई निशुल्क स्वास्थय जाँच गरेको हो । शिवरमा वाथ,पेट,मुट,नशा सम्बन्धि समस्यावाट ग्रसित भएकाहरुले स्वास्थय लाभ गरेएका थिए ।

शिवीरमा बोल्दै कार्यक्रमका प्रमूख अतिथी केन्द्रिय आयुर्वेद समाज नेपालका सदस्य लक्ष्मण शर्मा चालिसेले आर्युर्वेदीय उपचारपद्तिमा अहिलेका समूदायको ध्यान तानिएको बताए । उनले यो पद्तिको माध्यमवाट उपचार गर्दा कुनैपनि समईडईफ्याट नहुने बताएका थिए । यस्तै गलेश्वर पुश्यप अन्न क्षेत्रका अध्यक्ष भिमनाथ पराजूलीले समाजलाई धन्यवाद दिएका थिए ।

यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल आयुर्वेद स्वास्थय समाज  धौलागिरी अञ्चल कमिटिका उपाध्यक्ष प्रकाशचन्द्र सुवेदीले अञ्चलका अन्य जिल्लाहरुमा पनि यो शिविर सञ्चालन गर्दै आएको सुनाए । उनले सवै धौलागिरका स्थानीय जनताको घरघरमा पुगेर आयुर्वेद स्वास्थय सेवा दिने समेत बताएका छन् ।

सो अवसरमा सौगात आर्यर्वेद म्यादी बेनीले औषधी सहयोग गरेको थियो । आयुर्वेद स्वास्थय समाज  धौलागिरी अञ्चलका पदाधिकारीकोहरुको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

नेपाल आयुर्वेद स्वास्थय समाज  धौलागिरी अञ्चल कमिटिका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा शिविर समपन्न भएको थियो । कार्यक्रम शालिग्राम गण्डकी वेद्का विद्यार्थीहरुको स्वस्ती बाचन मार्फत स्वागत भएको थियो भने संञ्चालन समाजका सचिव दामोद्र पौडेलले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला