सपिङ महल निर्माण गरेरै भएपनी सरकारले व्यवसाय गर्न दिन्छःमन्त्री लम्साल

ZEN Travels

माधब पराजुली पोखरा ।
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न खोज्नेहरु लाई सपिङ महल निर्माण गरेरै भएपनी राज्यले व्यवसाय गर्ने अवसर दिने बताउनुभएको छ । शनिवार शर्वेश्वर व्यवसायी समितिको सातौँ साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री लम्सालले जनतालाई लाभ दिने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै व्यापार गर्न खोज्नेहरु लाई सपिङ महल निर्माण गरेरै भएपनी व्यापार गर्ने अवसर प्रदान गर्ने बताउनुभएको हो ।
साधारणसभामा बोल्ने व्यापारीहरुले घरभाडा सम्बन्धि समस्या तथा घरबेटीका कारण व्यापार गर्न असहज भएको गुनासो गरेपछी मन्त्रीको यस्तो भनाई आएको हो ।
मन्त्री लम्सालले समय सापक्ष र व्यवसायीको भावना अनुसार सरकारले काम गर्ने भन्दै प्यापार गर्न खोज्ने जोकोहीँ लाई पनि सहजता प्रदान गर्ने बताउनुभयो । सरकारले व्यवसायीहरु लाई पीडित नबनाउने बताउदै उहाँले उद्योगी व्यापारीको पेशागत हकहित र संरक्षणको लागी प्रदेश सरकारले नयाँ ठोस निती अवलम्बन गर्ने बताउनुभयो । प्रदेश सरकारले समृद्धिका आधारहरु बजेटमा समावेश गरिसकेको छ मन्त्री लम्सालले भन्नुभयो“ जनताका चाहना र अपेक्षा अनुसार काम गर्न प्रदेश सरकारले मसिनो गरि अध्ययन गरिरहेको छ” ।
सोही अवसरमा मन्त्री लम्सालले कर छली गर्न खोज्ने जोकोहीँ लाई पनि कानुनको दायरामा ल्याएर कडा कार्बाही गरेरै छाड्ने चेतावनी समेत दिनुभयो । नियमित बजार अनुगमन हुन नसक्दा पुर्ण कर उठ्न नसकेको भन्दै मन्त्री लम्सालले सरकारले अब नियमित बजार अनुगमन गरी कर नतिर्ने ब्यावसायीलाई कुनै हालतमा छुट दिन नसकिने प्रष्टपार्नुभयो । उहाँले विकास र समृद्धिको लागी सरकारले कर उठाएको बताउदै राज्यप्रतिको दायित्व पालना गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले पुजीँको वृद्धी गर्न स्वच्छ प्रतिस्पर्धा गनुपर्ने बताउनुभयो । उहाँले देशमा राजनितिक संक्रमण सकिएको र व्यवस्थापकीय संक्रमणमा देश रहेको बताउदै सरकारको काम प्रति आलोचना गर्ने बेला भईनसकेको बताउनुभयो । उहाँले सरकार गठन भएको केहीँ महिनामै अनावश्यक टिका टिप्पणी हुन थालेको प्रति असन्तुष्टी प्रकट गर्दै काम गर्न निश्चित समयावधी चाहिने बताउनुभयो ।
शर्वेश्वरी व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेलले सरकारले व्यापारीहरु लाई मारमा पारेर करको दायरा बढाई देशको अर्थतन्त्र बलियो बनाउने भन्दा पनि करको दायरमा नआएका जति पनि उद्योगी संस्थाहरु लाई करको दायरमा ल्याई देशको अर्थतन्त्र वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । देशको अर्थतन्त्र बलियो बनाउदै आएका व्यवसायीहरुलाई राज्यले सहजपुर्ण किसिमले व्यापार व्यवसाय गर्ने वातावरण मिलाउनुपर्ने उहाँको भनाई थीयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला