नेपाल सरकारको काम कारबाही प्रति ज स स फ्रान्सको आपत्ति

ZEN Travels

फ़्रान्स । नेपाली जनसम्पर्क समिती फ़्रान्सले सरकारको पछिल्लो कामकारबाही र शासकीय दम्भको भर्त्सना गर्दै नेपाली दूतावास पेरिसका उपनियोग प्रमुख लेखनाथ भट्टराई मार्फ़त नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

 

नेजसस फ़्रान्सका सभापति श्री सुधीर राना , उपसभापति श्री शिवराम भण्डारी, महामन्त्रि श्री कमल बिक्रम के सी, र सह महामन्त्री श्री ध्रुब घिमिरे लगायतका पदाधिकारीहरुको संलग्नतामा ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा सर्वसाधारण जनताको ढाड सेक्ने गरी करको दायरा बढाउने, पत्रकारिता माथिको हस्तक्षेप गर्नु , नेपाल सरकारका मन्त्रीहरूबाट कानुनी राज्यको उल्लङ्घन गर्नु , शान्तिपूर्ण भेला हुन र आन्दोलन गर्न पाउने अधिकारमा रोक लगाउनु, मूल्य बृद्वी आकासिनु , शिक्षा, स्वास्थ्य जनमुखी हुनु भन्दा माफियातन्त्रको पक्ष पोषण गरिनु , ठेकेदार प्रथालाई प्रश्रय दिनु , स्वतन्त्र न्यायपालिका प्रति ठाडो हस्तक्षेप गर्दै नेपाली जन्ताले कानुनी राज्यको आभास गर्न नपाउने गरी निरङकुश बन्दै गएकोले यस्ता कार्य अबिलम्ब रोक्नु पर्ने माग़  गरेको छ ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला