स्याङ्जामा ९८ प्रतिशत रोपाई

ZEN Travels

प्रकाश डोटेल
स्याङ्जा ।  स्याङजामा हालससम्म ९८ प्रतिशत रोपाई गरिएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसवर्षको धान रोपाई ९८ प्रतिशत सकिएको हो । समयमै मनसुन शुरु भएकाले समेत जिल्लाका कृषकहरुले समयमै रोपा“ई शुरु गरेका थिए ।

जिल्लामा १८ हजार ६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कार्यालयको भनाई छ । यसपटक वर्षाका कारण सतप्रतिशत नै रोपा“ई हुने अनुमान गरिएको छ । विशेष गरी जिल्लाका आ“धीखोलाका किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनारका फा“टहरू धान खेतीका लागी पकेट क्षेत्रका रूपमा रहेका छन ।

जिल्लामा विशेष गरी उन्नत जाततर्फ सावित्री, सुख्खा ६, रामधान, सुनौलो सुगन्ध, राधा ४, खुमल ११, खुमल १३ लगायत रहेका छन् भने स्थानीय जातमा पहेंले, आ“प झुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, बाटिसरा, अनदीलगायतका धान खेती हुने गरेको छ । जिल्लामा विशेष गरी बर्खे धान रोपाई जेष्ठ अन्तिमबाट शुरु भएर साउन अन्तिममा सकिन्छ ।

जिल्लाको चापाकोट र विर्घा क्षेत्रमा रोपाई केहि मात्रामा बा“की रहेपनि जिल्लाका धानखेति हुने भु–भागमा रोपाई सकिएको हो । यसवर्ष प्रयाप्त मात्रामा वर्षात भएकाले समेत किसानहरुले छिटै रोपा“ई गर्न भ्याएका हुन् । साउन अन्तिमसम्ममा केहि प्रतिशत बढ्न सक्ने समेत कार्यालयले अनुमान गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला