वालिङका विभिन्न क्षेत्रमा चोरी गर्ने पक्राउ

ZEN Travels

चोरी गर्ने पक्राउ
प्रकाश डोटेल
स्याङ्जा । केही समय यता वालिङका विभिन्न क्षेत्रमा चोरीका घट्नाहरु बढ्न थालेका छन् । चोरीका घट्ना बढ्न थालेपछि वडा प्रहरी कार्यालय वालिङले विशेष सुरक्षाबाट निगरानी बढाएपछि चोरीमा संलग्न व्याक्ति पक्राउ परेको छ ।
 
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक शंकर आचार्यका अनुसार वालिङ नगरपालिका २ बस्ने बर्ष १८ को विकास भनेर चिनिने चुत्रबहादुर सार्कीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो ।
 
पक्राउ परेका सार्कीले वालिङ मिर्दि, त्रियासी, खहरे र भाक्रेवोट मा भएको चोरीमा संलग्न रहेको स्विकार गरेको प्रहरीले जनाएको छ । सार्कीलाई चोरी अपराध अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला