आज विश्वभर मित्रता दिवस मनाइँदै

ZEN Travels

काठमाडौं ।

अगष्ट महिनाको पहिलो आइतबार आज विश्व मित्रता दिवस मनाइँदैछ । सन् १९३६ देखि संयुक्त राज्य अमेरिकामा राष्ट्रिय मित्रता दिवसको औपचारिक सुरूवात भएपछि अहिले विश्वभर यसको प्रचलन र लोकप्रियता क्रमशः बढ्दै गएको हो।

मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । मित्रता दिवसको अवसरमा पछिल्लो समय नेपालमा पनि साथीभाईसँग भेटघाट गरी उपहार र शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ ।

आफ्ना सहृदयी मित्रहरूलाई फूलका गुच्छा, पोष्टकार्ट तथा फोन तथा अनलाइनमार्फत शुभकामना सन्देश पठाएर मित्रता दिवस मान्ने गरिन्छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला