पर्वतका किसान कोल्डस्टोर खोज्दै पोखरा ।

ZEN Travels

पर्वत ।

पर्वतका किसानले उत्पादन गरेका अन्नवाली चिस्यान केन्द्रमा राख्न यहाँका किसानहरु पोखरा सम्म पुगने गरेका छन् ।
किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र भएको छ ।
लागत अनुमान अनुसारको बजेट निकासा नहुँदा कोल्डस्टोर निर्माणकार्य अलपत्र बनेको हो । ५ करोडको लागतमा २ वर्षअघिदेखि सो केन्द्रको भवन निमार्ण गर्न थालिएको थियो । हाल रु २४ लाख मात्रै निकासा हुँदा निर्माण कार्य अलपत्र छ ।
आर्थिक वर्ष ०७३÷७४ मा मोदी–२ देउपुरका खेमबहादुर हमालले पाँच आना जग्गा दिएपछि देउपुरमा कोल्डस्टोर निर्माण शुरु गरिएको थियो । भवन निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाका अनुसार शुरुको वर्ष रु ५० लाख विनियोजन भए पनि रु २४ लाखभन्दा बढी बजेट आएन । बजेट विनियोजन भएपछि काम शुरु गरिहाल्यौँ तर निकासा हुने बेला रु २४ लाख मात्रै पाइयो। महिला अध्यक्ष भएर शुरु गरेको भए पनि बजेट विनियोजनमा समेत राजनीतिकरण भएको उहाँको गुनासो थियो ।

दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको भए पनि लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलाल गरेर अलपत्र अवस्थामा छोडिएको छ । अहिले भवनको भुइँ तल्लामा स्थानीयवासीले घाँस पराल राख्ने स्टोरका रूपमा प्रयोग गरेका छन् । भवन बेवारिसे भएपछि त्यसबेलाको ढलान र प्लास्टरसमेत काम नलाग्ने भइसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानीयवासीले मोदी–२ देउपुर, मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारे पनि अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताउए । तिमिल्सिनाले भने,‘माग प्रदेश सरकार सम्म पु¥याएका छौं । तर,माग सुनवाई नहुँदा काम पनि रोकिएको उनले सुनाए ।’
पर्वतको देउपुर सुन्तला उत्पादनको पकेट क्षेत्र हो । मौसममा रु ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला बेमौसमसम्म राख्न सके रु १२० प्रतिकिलोमा बिक्री हुन्छ । सुन्तलालाई सुरक्षित स्थानमा राख्न नसक्दा त्यसै कुहियर गएको किसनले गुनासो गरेका छन् । किसान दाताराम चापागाईं भन्छन् ,‘ हामीले हारगुहार गर्दा समेत कोल्ड स्टोर निमार्ण गर्न सकेनौं ।’
उता क्याङ र लेस्पारमा पनि आलु उत्पालनका हसावले उत्कृष्ट ठाउँ हो । तर,त्यहाँ पनि स्टोर नहुँदा आलुको बीउ स्टोर गर्न नसकेको र प्रतिकिलो रु ७० मा बिक्री गर्न बाध्य भएको किसान रामलाल पुनले बताए ।
यसैबिच वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भवनको क्षेत्रफल अनुसार क्षमता कम हुने बताएका छन् ।
उनले भने,‘ पाँच आना जग्गामा २४ फिट चौडाइ र ५२ फिट लम्बाइको भवनले जिल्लाभर उत्पादन हुने अन्न तथा फलफूल भण्डार गर्न असम्भव हुने बताए ।
उनका अनुसार चिस्यान केन्द्र सम्पन्न गर्नका लागि आवश्यक बजेटको ब्यवस्था गर्न स्थानीय, प्रदेश वा संघीय सरकारमा पहल गर्नुपर्ने सुझाव दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला