स्याङ्जा काँग्रेस सभापति पंगेनीको निधन अन्तिम दाहसंस्कारमा शिर्ष नेता उपस्थित

ZEN Travels

प्रकाश डोटेल. स्याङ्जा- 

काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको ५६ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको छ । भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राती सुतिरहेको अवस्थामा ह्दयघातबाट उनको मृत्यु भएको हो ।

स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उनी संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेका थिए । काँग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा काँग्रेस सभापति बनेका सफल भएका थिए । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोईराला र नेता गगनकुमार थापाले श्रद्धान्जली अर्पण गरेका थिए ।

श्रद्धान्जली अर्पण गर्दै काँग्रेस सभापति देउवाले पंगेनीको निधनले काँग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताए । लोकतान्त्रिक बाटोबाट जनताको विकासमा पंगेनीले लिएको मार्ग मार्फत जनताको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताए ।

स्वर्गिय पंगेनीको सम्मानमा पार्टी कार्यालयबाट पुतलीबजार नगरपालिकाका प्रमुख भागको परिक्रममा गराएर शब यात्रा निकालिएको थियो । पंगेनीको आइतबारनै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको काँग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला