दोस्रो विश्वयुद्धमा नेपालीको भूमिका

ZEN Travels

काठमाडौं-

द्वितीय विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेना पठाई बेलायतका पक्षबाट युद्धमा सहभागी भयो ।

तात्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बहादुर शमशेरलगायतको नेतृत्वमा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए । नेपालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे । नेपालीहरूले बहादुर गोर्खालीका रूपमा गौरव तथा सम्मान प्राप्त गरे । विदेशमा भएको विकास र प्रगति देखेर नेपाली सैनिकहरूले स्वदेश आइ प्रजातन्त्र स्थापनाका लागि सहयोग गरे ।

नेपाली फौजले बेलायतका तर्फबाट जर्मनी तथा जापानविरुद्ध लडेको थियो । साइप्रस, ग्रिस, सिरिया, लेबनान, प्यालेस्टाइन, इराक, सिङ्गापुर, मलाया तथा बर्मामा गई नेपाली फौज लडेको थियो । यद्धमा सहभागीमध्ये ७ हजार ५ ससय ४४ नेपाली युवा मारिए र २३ हजार ६ सय ५५ घाइते भए । युद्धमा नेपालले पनि ठूलो युवा शक्ति गुमाउन पुग्यो । नेपाल सरकारको सहयोगबाट अत्यन्तै खुसी भई ब्रिटिस सरकारले जुद्ध शमशेरलाई ब्रिटिस फौजको पूर्ण अनररी जर्नेल पद उपाधि दिएको थियो ।

साथै, ३ करोड ३३ लाख रुपैयाँ एकमुष्ट आर्थिक सहयोग गरेको थियो । प्रथम विश्वयुद्धपश्चात् दिने गरेको वार्षिक १० लाख रुपैयाँ पनि निरन्तर दिइने प्रतिबद्धता भयो । धेरै नेपाली वीरहरूले बेलायतको सर्वाेच्च पदक भिक्टोरिया क्रस र मिलिटरी क्रस प्राप्त गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला